बालकले लाइटर खेलाउँदा भएको आगलागीमा चितवनमा एक घर नष्ट

कालिका । कालिका नगरपालिका वडा नं.५ का सिस्मान दर्जीको घरमा आइतबार दिउँसो आगोलागी भएको छ ।

बच्चाले लाईटर खेलाउदा घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । आगोलागीबाट घर पूर्णरुपमा जलेको छ भने १५ क्विन्टल मकै र २५ क्विन्टल धान जलेर नस्ट भएको कालिकाबाट पत्रकार कमल ढकालले जानकारी दिए ।

खैरहनीबाट पुगेको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

Ujyaalo Jobs Banner

https://ujyaalonepalnews.com/archives/26591

Previous articleसपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा
Next articleपल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।