रत्ननगर । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको शहीद स्मृति बहुमुखी क्याम्पस इकाइ समिति गठन भएको छ । संगीता चौधरीको अध्यक्षतामा ११ सदस्यीय इकाइ समिति गठन भएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रत्ननगरका अध्यक्ष निश्चल तिवारीको अध्यक्षता एवं जिल्ला सदस्य तथा वाणिज्य समन्वय समितिका केन्द्रीय सदस्य हरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपाका रत्ननगर समिति अध्यक्ष गोविन्द अधिकारी, सचिव श्याम पोखरेल, प्रवक्ता सन्तोष लामा, राप्रपा रत्ननगर–१४ का सचिव रोहित शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आइतबार नवगठित इकाइ समिति दर्ता गरी राप्रपा स्ववियु निर्वाचनमा होमिने प्रवक्ता सन्तोष लामाले जानकारी दिए ।
https://ujyaalonepalnews.com/archives/26701


