पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालतले प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बताएको छ।

थापाले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आर्थिक लाभ गरेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरिदिन अदालतमा भनेको थियो। सोहीअनुसार अदालतले पक्राउ पूर्जी जारी गरेको प्रहरी परिसर काठमाडौं स्रोतले बताएको छ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आज नै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

त्यस्तै सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले तीनदिन हिरासतमा राख्न अनुमति दिएको छ।

https://ujyaalonepalnews.com/archives/27187

Previous articleतत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
Next articleधादिङकाे धार्के सडक खण्डमा एकतर्फी गाडी चल्दै, दुईतर्फी नै खुलाउन समय लाग्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।