बालकृष्ण खाँणलाई आजै अदालत लैजाने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु पुर्याइएको छ। प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेर खाँणलाई बुधबार बिहान पक्राउ गरेको थियो।

अब बाँकी अदालती प्रक्रिया पुरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको प्रहरीले जनाएको छ। आजै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

https://ujyaalonepalnews.com/archives/27220

Previous articleनक्कली शरणार्थी प्रकरणमा प्रमलाई रविको प्रश्नः एउटै फाइलले ज्वरो निकाल्यो?
Next articleनारायणी नदीमा ‘सिग्नेचर पुल’ बनाउने निर्माण कम्पनी छनोट, पुलको आयु कम्तिमा सय वर्ष हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।