कर्मचारीको निधन पछि रत्ननगरमा आज शोक विदा

रत्ननगर । रत्ननगर नगरपालिकाले बुधबार (आज) शोक विदा दिएको छ । वडा नं. १६ मा रहेको पिठुवा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी शारदा रिजालको निधनमा शोक विदा दिएको हो ।

गएराती आफ्नै घरभित्र रहेको ट्वाईलेट जानेक्रममा लडेर गम्भीर घाईते भएकी रिजालको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र कृषि पशु सेवा केन्द्रहरुमा लागु हुने गरि बिदा दिएको हो । मृतक रिजालको आजै देवघाटमा अन्तिम संस्कार गरिने वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/27313

Previous articleराष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ७ बुँदे ज्ञापन पत्र
Next articleअर्किडमा पदस्थापना कार्यक्रम सम्पन्न ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।