अर्किडमा पदस्थापना कार्यक्रम सम्पन्न ।

चितवन, ०३, जेष्ठ। अर्किड स्कुल भरतपुरले शैक्षिक वर्ष २०८० को लागि विद्यालयको विभिन्न क्लब सदन र अतिरिक्त कृयाकलापको बाल समूहको गठन संगै नयाँ नेतृत्वलाई पदस्थापना र पदभार ग्रहण कार्यक्रम एक समारोहबीच सम्पन्न भयो।

उक्त अवसरमा नवगठित बालक्लव, सदन प्रमुख, विद्यालय कप्तान छात्र, छात्रालाई विद्यालयका कार्यकारी निर्देशक आकाश पौडेलले ब्याज प्रदान सहित शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा विद्यालय अतिरिक्त कृयाकलाप प्रमुख प्रतीक्षा श्रेष्ठले विद्यालयले २०७५ सालदेखि नै परियोजना कार्य अन्तर्गत सिक्दै पढ्ने शैलीमा निर्वाचन द्वारा नेतृत्व छनौट गर्दै राजनीतिक सामाजिकिकरणको अभ्यास गर्दै आएको बताउँदै आगामी दिनमा शैक्षिक ज्ञानलाई अभ्यासद्वारा अझ परिष्कृत बनाउने जानकारी दिनुभयो।

अर्थ, मर्करी, भेनस र मार्स गरी विद्यालयमा ४ सदन प्रमुख उप प्रमुख र विद्यालय कप्तान छात्र-छात्राको चुनाव वैशाख २९ गते सम्पन्न भएको थियो। जसमा छात्रातर्फ विश्वास जोशी र छात्रातर्फ कि्न्जल खरेल विद्यालय कप्तानीमा निर्वाचित भएका थिए।

https://ujyaalonepalnews.com/archives/27318

Previous articleकर्मचारीको निधन पछि रत्ननगरमा आज शोक विदा
Next articleशोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।