गोरखामा पहिरोबाट बिस्थापित २८ घरपरिबारलाई सुरक्षित घर

गोरखा- तीन बर्ष अघिको पहिरोबाट बिस्थापित भएका आरुघाट गाउँपालिका १ श्यामचेतका २८ परिबारलाई सुरक्षित नयाँ घर हस्तान्तरण गरिएको छ ।

गाउँपालिका कार्यालय र सिआरएस नेपालको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले निर्माण गरेको २८ वटा घर सोमबार एक समारोहका बीच लाभग्राहीहरुलाई हस्तान्तरण गरिएको हो ।

आरुघाट गाउँपालिका वडा नं. १ काअध्यक्ष गजे घलेको अध्यक्षतामा सोमबार आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ग र स्वाँरा सघन गाउँविकास केन्द्रका अध्यक्ष कृष्णकुमारी गुरुङले संयुक्त रुपमा घर हस्तान्तरण गरिएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा आरुघाट गाउँपालिका २ का वडाअध्यक्ष रमेश कुमार लामिछाने, सिआरएस नेपालका प्राविधिक सल्लाहकार डाक्टर उत्तमपौडेल, स्वाँरा सघन गाउँविकास केन्द्रकाकार्यकारी निर्देशक सीतारामश्रेष्ठ , जिल्ला प्रशासन कार्यालय गोरखाका विपद् सम्पर्क व्यक्ति समिर आचार्य तथा गाउँकार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । स्वाँरा सघन गाउँविकास केन्द्र गोरखाले, आरुघाट गाउँपालिकासँगको समन्वय, सहकार्य तथा साझेदारीमा र सिआरएस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भान्छा, शौचालय तथा खानेपानीको धारासहितको सुरक्षित सुधारिएको दुईकोठे घर निर्माण गरेको थियो ।

गाउँपालिकाको पाँचलाख ६० हजार, सिआरएस नेपालको ५७ लाख ७९ हजार २५१ रुपैयाँ र स्थानीय समुदायको ४७ लाख १९ हजार ४६६ रुपैयाँ योगदानमा ती घर बनेका स्वाँरा सघनका द्रोणाचार्य तिमिल्सिनाले जानकारी दिए । गतबर्ष असार २९ गते परेको भारी बर्षाका कारण स्याम्चेत गाउँमाथिबाट पहिरो आई केहि घर पहिरोमाबग्नुका साथै करीब २८ घर विस्थापितभई छिमेकी, आफन्तको घरमा आश्रय लिई बस्न बाध्यभएकाथिए ।

पहिरो पिडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रममा स्यामचेत पुनर्निर्माण समितिका संयोजककुमार लामाले स्यामचेत पहिरोको इतिहास, पहिरोले पारेको समस्या तथा पहिरो नियन्त्रणमा समयमै उचितकार्य गर्न नसके भविष्यमा हुन सक्ने क्षतिका विषयमा सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए । सो क्षेत्रमा थप ४० घरधुरी अझै जोखिममा छन् । सो घरधुरीलाई पनि सुरक्षित पुर्नवास गराउन स्थानीयले आग्रह गरेका छन् ।।

https://ujyaalonepalnews.com/archives/27541

Previous articleगण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७
Next articleसुन्दरता के हो ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।