एसईई ईलाइट नेपाल २०२३ को अडिसन १५ गते हुदै, नायक अनुप विक्रम शाहीको उपस्थिति रहने

जेठ् १३,चितवन। एसईई ईलाइट नेपाल २०२३ हुने भएको छ। माई पे को आयोजना र सिस्याको सहकार्यमा एसईई ईलाइट नेपाल २०२३ आयोजना हुने भएको हो।

एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गर्न लागिएको हो। यसमा हालै एसईई दिएर बसेका छात्र, छात्राहरु सहभागी हुन पाउने छन्। यसका लागि यही जेठ १५ गते सोमवार भरतपुरको बाल्मीकी शिक्षा सदनमा दिउँसो १ बजे देखि अडिसन हुने कार्यक्रम निर्देशक संकेत गौतमले जानकारी दिए।

अडिसनमा छनोट भएका सहभागीहरुलाई २० दिनको प्रशिक्षण दिइने छ। सहभागीहरुलाई राष्ट्रिय तथा अन्ताष्ट्रियस्तरका प्रशिक्षकहरुबाट विभिन्न विधामा प्रशिक्षण गराइने कार्यक्रम निर्देशक गौतमले बताए। करिब २० दिनको प्रशिक्षण सके पछि असारको पहिलो साता ग्रान्ड फिनाले हुने छ। अडिसनमा नेपाली सिने जगतका ख्यातिप्राप्त नायक तथा रोडीजका जज्‌ समेत रहेका अनुप विक्रम शाहीको उपस्थिति रहने छ।

कार्यक्रम विजेताले प्लस टु अध्यनका लागि छात्रावृत्ति, अन्य आकर्षक पुरस्कारहरू प्राप्त गर्नुका साथै चर्चित गायक उर्गेन डोन्गसंगको सहकार्य गर्दै म्युजिक भिडियोमा समेत अवसर प्राप्त गर्ने छन्।

कार्यक्रमको फिटनेस पार्टनरमा चितवन जिम हल, एजुकेशन पार्टनरमा बाल्मीकी शिक्षा सदन, सोसल ओर्क पार्टनरमा हेल्प फर हेपिनेस, फोटोग्राफी पार्टनरमा विकास फोटोग्राफी, डिजिटल पार्टनरमा टेक एरा, मीडिया पार्टनरमा उज्यालो टाइम्स र वन स्टेप मीडिया रहेका छन्।

https://ujyaalonepalnews.com/archives/27592

Previous articleपदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
Next articleशीर्ष नेताहरु छलफलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।