बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने

काठमाडौँ- सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने जानकारी गराउनु भएको हो ।

अनधिकृत वस्ती स्थानीय तहले हटाउँदा आएको अड्चनलाई यो सम्बोधनसँगै समाधान हुने विश्वास लिइएको छ ।।

https://ujyaalonepalnews.com/archives/27735

Previous articleविद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम
Next articleसरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।