खड्का कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएकोले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्नुभएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।।

https://ujyaalonepalnews.com/archives/27790

Previous articleविश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
Next articleप्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।