प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

नयाँदिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने औपाचारिक भ्रमणका लागि हिजो नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।।

https://ujyaalonepalnews.com/archives/27803

Previous articleविराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान
Next articleभारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।