रत्ननगरमा अवलोकन भ्रमणको मोह: एकै वर्षमा सक्कियो ५७ लाख

निराजन घिमिरे- रत्ननगर नगरपालिकाले एकैवर्षमा अवलोकन भ्रमणमा मात्र झन्डै ५७ लाख खर्च गरेको पाइएको छ । नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी, ज्येष्ठ नागरिक, युवा तथा महिला समूह, कृषि समूह, बालबालिका लगायतको अवलोकन भ्रमणको लागी एकै आर्थिक वर्षमा यति ठुलो रकम खर्च गरेको पाईएको हो ।

नगरपालिकाले  आर्थिक वर्ष २०७८/७९ मा अवलोकन भ्रमणमा कुल छपन्न लाख अन्ठानब्बे हजार तिन सय नब्बे रुपियाँ खर्च गरेको छ ।  नगरपालिकाले विकासे बजेट समेत रकमान्तर गरेर भ्रमणमा खर्च गरेको हो ।

सिंचाई पाईप खरिद, बालबालिकाको दिगो विकास कार्यक्रम, कृषि सम्बन्धी कार्यक्रममा विनियोजित बजेट भ्रमणमा खर्च गरेर सकिएको हो ।

यस्ता शिर्षकमा विनियोजन भएको बजेटबाट महिला तथा कृषकहरुको आयआर्जनमा वृद्धि गरि आत्मनिर्भर बनाउने तर्फ भन्दा पनि भ्रमणमै खर्च गरेर बजेट सक्ने प्रवृति हाबी हुँदै गएको देखिन्छ ।

https://ujyaalonepalnews.com/archives/27850

Previous articleप्रधानमन्त्री दाहाल इन्दोरमा
Next articleठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न वैदेशिक रोजगार विभागको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।