रत्ननगर अस्पतालमा आइसीयू सेवा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित बकुलहर रत्ननगर अस्पतालमा बुधबार आइसीयू सेवा उद्घाटन गरिएको छ ।  अस्पतालको मुख्य भवनको दोस्रो तलामा तत्कालका लागि ५ बेडको आइसीयू सञ्चालनमा ल्याइएको मेसु मदन ज्ञावलीले जानकारी दिए ।

आवश्यक पूर्वाधार, उपकरण र चिकित्सक सहित तत्काल ५ बेडको आइसीयू सञ्चालन गरिएको र केही महिना भित्रै ८ हुँदै १० बेड बनाउने योजना रहेको उनले जानकारी दिए । आइसीयू सञ्चालनको लागि ५ जना मेडिकल अफिसर र ५ जना अनुभवी नर्स खटाइएको छ ।

विरामीको उपचारको लागि विशेषज्ञ डाक्टरहरु राउण्डमा आउने मेसु ज्ञावलीले बताए । सो अस्पतालमा मृर्गौला डायलासिस, शन्यक्रिया, इन्डोस्कोपी लगायतको विशिष्ट सेवा प्रदान गर्दै आइरहेको सो अस्पतालले स्वास्थ्य उपचारको महत्वपूर्ण सेवाको रुपमा रहेको आइसीयू सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले एक औपचारिक कार्यक्रमका बीच आइसीयू सेवाको उद्घाटन गरेका हुन ।

https://ujyaalonepalnews.com/archives/28006

Previous articleपोखरा महानगरको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख
Next articleराष्ट्रियसभा बैठक : आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।