Home ताजाखाबर मध्यरातमा मदिरा पिएर होहल्ला गर्ने गायक राजेश पायल राईसहित ८ जना पक्राउ

मध्यरातमा मदिरा पिएर होहल्ला गर्ने गायक राजेश पायल राईसहित ८ जना पक्राउ

0

काठमाडौंको अनामनगरबाट मध्यरात गायक राजेश पायल राईसहित ८ जना पक्राउ

काठमाडौं । गायक राजेशपायल राईसहित ८ जना पक्राउ परेका छन् । गएराति २ बजेतिर काठमाडौंको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका हुन् ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गायक राईलाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

Exit mobile version