Home चितवन सेरोफेरो समाजवादीका चितवन जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश

समाजवादीका चितवन जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश

0

रत्ननगर । नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष कमलबहादुर घिमिरे नेकपा एमालेले प्रवेश गरेका छन् ।

नेकपा एमाले रत्ननगर वडा नं १० वडा कमिटीकाे अधिवेशनमा घिमिरे एमालेमा प्रवेश गरेका हुन । घिमिरेलाई एमालेका केन्द्रय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया र केन्द्रीय सदस्य शिवकुमारी गाेतामे, जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले पार्टीमा स्वागत गरेका थिए ।

रत्नगर नगरपालिका वडा नं १० निवासी घिमिरे पार्टी विभाजन हुनुपूर्व एमालेका वडा कमिटी अध्यक्ष थिए ।

पार्टी विभाजनपछि एकीकृत समाजबादीमा लागेका घिमिरे साे पार्टी भविश्य नदेखेपछि पुरानै घरमा फर्किएकाे बताए ।

घिमिरे रत्ननगरका पुराना तथा प्रभावशाली नेताकाे रुपमा परिचित छन् । अधिवेशनले काशिनाथ शर्माकाे अध्यक्षतामा नयाँ कमिटी गठन गरेकाे छ ।

कमिटीका उपाध्यक्षमा छन्नुराम चौधरी, सचिबमा उमेश केसी, सह-सचिबहरूमा लक्ष्मीधर शर्मा हिमाल, उषा राना र सदस्यहरुमा पिताम्बर लामिछाने, पुरुषोत्तम बस्याल, दिवा लामिछाने, दयाराम खनाल, जीबनाथ सिंखडा, संगीता आचार्य शर्मा, मायाँ नेपाली, माया सुनार, गीता कार्की, बिष्णु शर्मा, टंक पराजुली, कृष्ण आचार्य, तुलसीराम पौडेल, प्रेम प्रकाश शर्मा, पसुपति महतो चयन भएका छन् ।

वडा कमिटीकाे सल्लाहकार परिषदमा एक बहादुर जिसी, हरिप्रसाद पौडेल, लाल बहादुर जिसी, निलकण्ठ आचार्य, केशब लामिछाने, बिष्णु गौतम, कमल बहादुर घिमिरे, प्रेम नेपाली, मीना श्रेष्ठ, देबप्रसाद पौडेल, चूडामणि पौडेल, मणिराज घिमिरे चयन भएकाे नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

Exit mobile version