भीम रावल नेकपाको मैदानमा यसरी खेल्दैछन् एमसीसीको खेल !

काठमाडौं – अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका असमान प्रावधानको चर्काे विरोध गर्दै आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावललाई नेकपाले खेल मैदान नै दियो ।

एमसीसीको अध्ययन गर्न भनेर केन्द्रीय कमिटी बैठकबाट गठन गरिएको अध्ययन कार्यदलमा खेलाडीको स्थान पाएका रावलले एमसीसीलाई खेलाइरहेका छन् ।

केन्द्रीय कमिटी बैठकले १० दिनभित्र प्रतिवेदन बुझाउन म्याद तोकेको भएपनि रावल लगायत कार्यदलले काम पूरा गर्न सकेन । कार्यदलको संयोजकमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सदस्यमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका छन् ।

परराष्ट्रमन्त्रीले एमसीसी राम्रो भएको भनेर पटक–पटक सार्वजनिक अभिव्यक्ति दिइसकेकाले एमसीसीको अध्ययन लम्ब्याउनमा भीम रावलकै मुख्य हात रहेको विश्लेषण हुन थालेको छ । संयोजक खनाल समेत एमसीसीका पक्षमा सकारात्मक नदेखिएकाले एमसीसी संकटमा पर्ने समेत देखिएको छ ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तोकिएको १० दिनको समयसीमा बुधबार सकिएको थियो । एमसीसीका विषयमा नेकपाभित्र गम्भीर विवाद रहेको छ ।

कार्यदलले माग गरे अनुसार १० दिन म्याद बढाइएको संयोजक खनालले बताए । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० दिनका लागि कार्यदलको समय थप गरेका छन् ।

कोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द

Previous articleकुवेतमा चार नेपालीको ज्यान गयो, के हो कारण ?
Next articleविद्यालयको आन्तरिक किचलोका कारण ४ महिनादेखि विद्यार्थीले पाएनन् खाजा खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।