कोरोनाबाट बँच्न जापानमा चैतसम्म देशभर स्कूल बन्द

0
63

जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार कोरोना संक्रमण फैलिन सक्ने त्रासका कारण देशभर सबै तहका स्कुलहरु बन्द गर्न निर्देशन दिएका छन्।

उनले आगामी सोमबारदेखि चैतको तेस्रो हप्तासम्म स्कुलहरु बन्द राख्न भनेका हुन्।

‘बालबालिकामा यो संक्रमण नफैलियोस् भनी सबै क्षेत्रहरुमा प्रयत्नहरु गरिएको छ, आगामी एक दुई हप्ता यस विषयमा गर्नुपर्ने कामका हिसाबले अत्यन्तै महत्वपूर्ण अवधी रहनेछ,’ प्रधानमन्त्री आबेले भनेका छन्। ‘सरकारले बालबालिका र अरुको स्वास्थ्य र सुरक्षालाई उच्चतम महत्व दिएको छ।’

जापानका स्वास्थ्य तथा कल्याण मन्त्रीले आबेको घोषणामा दिवासेवा (डे केयर) मा रहेका बालबालिका र स्कुलपछिको सुविधामा रहेका विद्यार्थीका हकमा लागु नहुने बताएका छन्।

जापानमा मात्र संक्रमितको संख्या २०० नाघेपछि प्रधानमन्त्री आबेले अचानक सो घोषणा गरेका हुन्।

-एजेन्सी

यूएईमा कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्ष कैद र एक लाख दिर्हामसम्म जरिबाना

Previous articleजेल चलान भए यती समूहका ‘मालिक’, ओलीले पनि बचाउन सकेनन् !
Next articleसुखानी शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा हुँदै