रुसमा एकसाथ २५ कार दुर्घटनाग्रस्त

दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा

चितवनको कालिकामा ग्रिनेट बम फेला

Previous articleचीनमा नयाँ भाइरसका कारण दुईको मृत्यु, सयौं संक्रमित भएको आशंका
Next articleहुक्काबाट गरिने धुम्रपानले रगत जम्ने खतरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।