चितवनको कालिकामा ग्रिनेट बम फेला

Click Image

उज्यालो दर्पण- चितवनको कालिका नगरपालिका–३ मा  ग्रिनेड बम फेला परेको छ । वडा नं. ३ को चतुर्मुखी थान मन्दिरमा पूजाआजाको लागी सरसफाई गर्ने क्रममा ग्रिनेट बम फेलापरेको कालिका का मेयर विनोद रेग्मीले जानकारी दिए।

स्थानीयहरूले बम फेलापरेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सो स्थानमा प्रहरी तैनाथ गरिएको छ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख  डिएसपी रञ्जन अवाका अनुसार  बम निष्क्रिय पार्नको लागी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ।

आज रात परेका कारण भोली उज्यालो भएपछि मात्र बमलाई निष्क्रिय बनाईने अवाले बताए।  सो प्लास्टिक ग्रिनेड बम द्वन्द्व कालको समयमा लुकाएर राखिएको हुनसक्ने बताइएको छ ।

Previous articleरत्ननगरमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने 
Next articleकालिकामा ३७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।