दीपक मनाङेद्वारा कास्की फुटबल संघका अध्यक्षमाथि हातपात

गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई पिटेका छन्।

पोखराको भण्डारढिक रंगशालामा मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा मनाङेलाई आफूमाथि मुक्का र लात्ती प्रहार गरेको अध्यक्ष गुरुङले बताए।

प्रतियोगितामा सहभागी हुन आएको मनाङको फुटबल टोलीलाई आयोजकले खानेबस्ने व्यवस्था नगरेको मनाङेको आरोप छ। आयोजक अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश लिग समितिका कोषाध्यक्ष हुन् गुरुङ।

चारपाँच दिनअघिदेखि आएको टोलीलाई खानबस्न दिन नसकिने बताउँदा आफूलाई मनाङेले पिटेको गुरुङले बताए।

गुरुङविरुद्ध मंगलबार नै क्रियटिभ पोखरा अवार्डका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेको आरोपमा उजुरी दर्ता भएको छ।

आइतबार गुरुङले उनीमाथि हातपात गरेका थिए।

दिलीप हत्याकाण्ड : धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे ३ अभियुक्त, किन?

Previous articleधादिङको मैदीमा मिनिट्रक दुर्घटना, ६ जनाको मृत्यु
Next articleमनाङे भन्छन् : ठूलो कुरो गर्‍यो, हान्दिएँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।