यलम्वर संवतको अवसरमा बालिकालाई उपचार सहयोग

यलम्बर सम्बत ५०८० को अवसरमा इटहरीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। किरात राई सुम्निमा संघ इटहरी उपमहानगर कार्यसमितिको आयोजनामा इटहरी–६ स्थित तायारिप्ची बहुउद्देश्यीय भवनको सभाहलमा सो कार्यक्रम भएको हो।

कार्यक्रममा समितिका अध्यक्ष बन्दना राईले प्राचिन एवम् नेपालको मौलिक संवतको प्रवर्द्धन गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको बताईन्।

सो अवसरमा भोजपुरको हतुवागढी–६ होम्ताङ घर भएकी ११ वर्षीय विविना राईलाई १ लाख ३१ हजार सात सय उपचारार्थ सहयोग रकम प्रदान गरिएको छ।

किरात समुदायले प्रदेश १ को औपचारिक संवत यलम्वर संवत हुनुपर्ने माग राख्दै आएको छ। यो अभियानलाई सघाउने र नेपालमा करिब १ हजार ७ सय वर्षभन्दा बढी समय अस्तित्वमा रहेको किरात सभ्यताको बारेमा बहस सिर्जना गर्न कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष राईले प्रष्ट पारिन्।

किरात समुदायले हरेक वर्षको माघ १ गतेबाट सुर्यको परिक्रमा लम्बिने तथ्यको आधारमा यलम्बर संवत अर्थात नयाँ वर्ष मनाउँदै आएका छन्।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Previous articleअमेरिकाले बोलाएपछि चीनमा रहेकी महिला भन्छिन्ः म त्यहाँ फर्किएर कसैलाई रोग सार्न चाहन्न
Next article२ हजार जनामा कोरोना भाइरस, चिनियाँ अधिकारी भन्छन्ः सार्सजति शक्तिशाली होइन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।