Home Uncategorized जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

झापाको कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता-१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी रुपन्देहीको सम्मरीमाई गाउँपालिका बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सम्मरीमाई गाउँपालिका-१ थुमुवापिप्रहवा बस्ने २३ वर्षीय बृजेश त्रिपाठी, २२ वर्षीय पंकज तिवारी र जयवन्त कहांर रहेका छन् ।

उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

The post जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ appeared first on Rajdhani Daily News.

कोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना

Previous articleभूकम्प पश्चातको पुनर्निर्माण परियोजनाहरुमा कार्यन्वयन कार्यशाला सम्पन्न
Next articleजब इजरायली सैनिकहरुलाई युवतीका तस्बिर पठाएर लोभ्याइयो…
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।