Home Uncategorized विपन्न परिवारका लागि बंगुर वितरण

विपन्न परिवारका लागि बंगुर वितरण

रोल्पा । कामका लागि विद्यालय छोडेर बाल श्रममा परेका र पर्न सक्ने बालबालिकाका परिवारकालाई आम्दानी अभिवृद्धिका लागि बंगुर वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकामा बालश्रम निवारणमा कार्यरत संस्था मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपालले विपन्न परिवारका लागि तीन/ तीन वटा बंगुरका पाठापाठी वितरण गरेको हो ।

त्रिवेणी गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरिएको एकीकृत परियोजना अन्तरगत अति जोखिममा परेका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि बंगुर वितरण गरिएको हुरेकले जनाएको छ । विभिन्न वडाहरुमा रहेका ८ घरपरिवारलाई एक कार्यक्रमबीच २४ वटा बंगुरका पाठापाठी वितरण गरिएको हुरेकका जीविकोपार्जन अधिकृत डा. विजय तिवारीले जानकारी दिनुभएको छ ।

त्रिवेणी गाउँपालिका पशु विकास शाखा प्रमुख मन्जु वलीले बंगुर पालनका फाइदा तरिकाका बारेमा कृषकहरुलाई जानकारी गराउनुभएको थियो । ती विपन्न परिवारका लागि बंगुरको खोर निर्माण लागि हुरेक नेपालले आर्थिक तथा प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ ।

The post विपन्न परिवारका लागि बंगुर वितरण appeared first on Rajdhani Daily News.

‘ट्याक्सी चालकलाई पनि सम्मान हुँदो रहेछ!’

Previous articleइटहरीमा काईँला र बिक्रम श्री सम्मानित
Next articleकर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।