Home Uncategorized क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले सोमबार एएफपीलाई बताएको छ ।

अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा १४ बालबालिका, केही महिलासहित २२ जनाको गत शुक्रबार सामूहिक हत्या भएकोप्रति राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले घटनाबारे वास्तविकता बाहिर ल्याउन क्यामरून सरकारलाई आग्रह पनि गरेको छ । राष्ट्रसङ्घले मृतकका आपन्तजनप्रति समवेदना प्रकट गरेको छ । मारिनेमा पाँच वर्षमुनिका नौ बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संगठन ओसिएचएका अधिकारी जेम्स नुनानले बताउनुभएको छ ।

घटनापछि स्थानीय बासिन्दा त्रसित भएको उहाँले बताउनुभयो । क्यामरुनको विपक्षी पार्टीले घटनामा आर्मी सम्लग्न रहेको आरोप लगाएको छ । क्यामरुनको सरकारले देशको उत्तर–पश्चिमी क्षेत्रमा सक्रिय रहेका विखण्डनकारीविरुद्ध विगत तीन वर्षदेखि कारवाही अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन तर सोमबार सेनाका प्रवक्ता कर्नल सिरिल एटनफेक गुएमोले उक्त आरोपलाई ‘गलत दावी’ भनेका छन् । सेनाको अनुसन्धानले घटनालाई ‘दुर्भाग्यपूर्ण दुर्घटना’ बताएको छ भने यसलाई पृथकतावादी समूहसँगको गोलीबारीको क्रममा ईन्धनको विस्फोट हुँदा भएको एएफपीलाई फोनमा बताउनुभयो । उनले घटनामा मारिनेमा एक महिला र चार बच्चाहरुसहित पाँचजना सर्बसाधारण रहेको र सात आतङ्ककारी मारिएको बताएका छन् ।

The post क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना appeared first on Rajdhani Daily News.

भारतमा दुई जनालाई कोरोना भाइरस

Previous articleपतिको उपचारका लागि भारतकी एक महिला जब खाली खुट्टै दौडिइन
Next article१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।