बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा

इटहरी । धरानमा जारी २२ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब पुगेको छ । बुधबार धरान रंगशालामा युकेएफसी भारत र मनाङ बीच भएको पहिलो सेमिफाइनल खेलमा मनाङले ० का विरुद्ध २ गोल गर्दै फाइनलका लागि आफ्नो सिट सुनिश्चित गरेको हो ।

खेलको १९ मिनेटमा मनाङका कमल श्रेष्ठको पासमा विमल रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, दोस्रो हाफको इन्जुरी समयमा रञ्जन बिष्टको पासमा दयानन्द सिंहले शानदार गोल गरे ।

खेलको समयअवधिभरी दुवै टिमबीच बराबरीजस्तो भएको खेल युकेएफसीले गोल फर्काउन नसक्दा घर फर्किएको हो । युकेएफसीले धेरैपटक गोल गर्ने अवसर पाएको भएपनि गोल गर्नबाट चुकेका थिए । खेलको १५ मिनेटमा प्रसान्त राईको उत्कृष्ट प्रहार मनाङका गोलकिप्पर अशोक बरालले गोल हुनबाट बचाए । त्यस्तै, ४४ मिनेटमा करण राईले गोल गर्ने राम्रो मौका गुमाए । ५३ औँ मिनेटमा गणेश लिम्बुको उत्कृष्ट प्रहार गोल किप्परले रोक्न सफल भए ।

मनाङले पनि पटक–पटक अन्य गोल गर्ने मौका पाएको भएपनि गोल गर्न चुकेको थियो । निकै रोचक प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेको खेलमा मनाङका विमल रानाले खेलको ७ औँ मिनेटमा गोल गर्ने मौका गुमाए । त्यस्तै, शुशील लामाको कर्नरमा दयानन्द सिंहले राम्रो प्रहार गरेको भएपनि बल बाहिर गएको थियो ।

खेलअवधिभर दुवै टिमका गरी ६ जना खेलाडीहरुले पहेँलो कार्ड पाएका थिए । मनाङका रञ्जन बिष्ट, अन्जन बिष्ट, आदित्य चौधरी र विमल रानाले पहेँलो कार्ड पाए भने युकेएफसीका वाङ्देन तामाङ र वीरेन प्रधानले पहेँलो कार्ड पाएका थिए ।
खेलको उत्कृष्ट गोलकर्ता मनाङ मर्स्याङदी क्लबका दयानन्द सिँह घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । त्यसैगरी खेलको म्यान अफ दि म्याच युकेएफसी खर्साङका आशिष देवान घोषित भए । उनले नगद १५ हजार प्राप्त गरेका थिए ।

मनाङ मर्स्याङदीका प्रशिक्षक फुजा टोपेले मनाङका खेलाडीलेले टेक्निकल हिसाबमा खेल खेलेको प्रतिक्रिया दिए । उनले खेलाडीहरुले आराम गर्न नपाएको बताए । युकेएफसी खर्साङ भारतका युगेन लामाले नेपालको लिग खेल्ने टिमसँग खेल्नु परेपनि खेलाडीले राम्रो खेलेको बताए । ‘हामीले राइजिङ टिम लिएर आएका हौँ,’ उनले भने ।

विहीबारको खेल मछिन्द्र क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच हुनेछ ।
खेलको बिजेता टिमले नगद दश लाख सहित ट्रफि हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखमा चित्त बुझाउँनेछ ।

The post बुढासुब्बा गोल्डकप : मनाङ फाइनलमा appeared first on Rajdhani Daily News.

जुम्ल्याहा दाजुभाईले बनाए रोबर्ट नर्स, जसले गर्छ कोरोना संक्रमितको सेवा

Previous articleपटके सवारी शुल्क असुल खारेज गर्न संघको माग
Next articleयातायात कार्यालयका केही कागजपत्र अख्तियारको नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।