
काठमाडौं, १५ फागुन । नेकपा (माले)का महासचिव सीपी मैनाली कार दुर्घटनामा पर्नुभएको छ । विहीबार महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनालीको चढ्नुभएको बा ४ च २१२० नम्बरको कार र विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी राजकुमार चापागाईंका अनुसार मैनालीको बर्दिबासस्थित […]




