Home Uncategorized जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक

जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक

माेरङ / नेपाली जनचेतना मूलक छोटो चलचित्र घृणाको छायांकन सकिए सँगै बराह टिभि युट्युब च्यानल बाट भर्खरै सार्वजनिक भएको छ ।

मोरङ तथा सुनसरीका विभिन्न रमणीय स्थानमा छायांकन भएको छोटो चलचित्र ‘ घृणा ‘ को कथा लेखन तथा निर्देशन होम पि भट्टराईले गरेका हुन् । उनले यस अघि पनि उध्देश्य, उध्देश्य दुई , साईत बिग्रियो, खुरापाते काजि, कोहि भन्दा कोहि कम छैन जस्ता विभिन्न चलचित्रकाे कथा लेखन, निर्देशन तथा निर्माण गरिसकेका छन् । निर्देशक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल, गोल, फेक फ्रेन्ड, जस्ता चलचित्रमा अभिनय समेत गरि सकेका छन् ।

जनचेतना मूलक छोटो चलचित्र ‘ घृणा ‘ मा अपाङ्गहरुले भोग्नु परेको पीडाहरुको विषयमा चित्रण गरिएको भट्टराईले बताए । चलचित्रका निर्माता , छायांकन साथै सम्पादन खड्ग लिम्बुले गरेका छन्। यस चलचित्रमा स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, सागर अधिकारी, आयुस दाहाल, सामाना भट्टराई, आदेस गौतम , काब्या राई ,भावना भट्टराई, मनोज बिस्ट , होम पि भट्टराई, रामजि बिस्ट , बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको छ ।

The post जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक appeared first on Purbeli News.

तथानाम छाडा बोल्दै सोनीका रोकाया लाईभमा, राम गौतमलाई मा र्ने सम्मकाे ध म्की

Previous article‘यसपालि घुमौँ कर्णाली’
Next articleकर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन : अर्थ मन्त्रालय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।