Home Uncategorized कोरोनाको आशंकामा टेकु अस्पतालले गर्‍यो चारजनालाई भर्ना

कोरोनाको आशंकामा टेकु अस्पतालले गर्‍यो चारजनालाई भर्ना

उपचारका लागि आएका चार जना वयस्क पुरुषमा कोरोनाको जस्तै लक्षण हुनसक्ने आशंकामा उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ‘आइसोलेसन’ वार्डमा राखिएको छ।

कोरियाबाट आएका ३ जना र चीनबाट आएका १ जना पुरुषमा रुघाखोकी, ज्वर लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई भर्ना गरिएको सो अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले नेपालखबरसँग भने।

‘कोरोना फैलिएका मुलुक कोरिया र चीनबाट आएको उनीहरुमा रुघाखोकी, ज्वरो लगायतका केहि लक्षणहरु देखिएको हुँदा आइसोलेसनमा राखिएको हो। यो नियमित प्रक्रिया हो,’ उनले भने। ‘१४ दिन राखेर जाँचहरु गरेपछि मात्र थप जानकारी हुनेछ।’

ती मुलुकबाट नेपाल आएर आ–आफ्ना घर गइसकेका उनीहरु पछि रुघाखोकी लागेर अस्पताल आउँदा ती लक्षण देखिएपछि भर्ना गरिएको उनले बताए।

कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?

Previous articleअस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली
Next articleस्थानीय निकायलाई पनि पाठ्क्रम बनाउने अधिकार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।