Home Uncategorized आर्मीले बढायो अंकतालिकामा अग्रता

आर्मीले बढायो अंकतालिकामा अग्रता

विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ। काठमाडौंको दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३–० ले पराजित गर्दै मछिन्द्रसँगको अग्रता बढाएको हो।

पहिलो हाफमा दुवै टोलीले केही अवसर पाएपनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ५८ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। मिडफिल्डबाट सेसेहाङ आङदेम्बेले दिएका पासमा भरतले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको शक्तिशाली प्रहार च्यासलका गोलरक्षक एलन न्यौपानेले बचाउन सकेनन्।

आर्मीका लागि ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे। खेलको ८५ औ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गरे। पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङले नवयुगलाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरेका थिए ।

जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदै मछिन्द्रसँग ३ अंकको अग्रता बनाएको हो। आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक जोडेको छ। दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको मनाङको समान १३ अंक छ। यता च्यासल भने ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंकसाथ १२ औं स्थानमा यथावत छ।

सातौ चरणको समाप्तीमा सरस्वती १ अंकमा पुछारमा छ भने शसस्त्र प्रहरीको एपीएफ ५ अंकमा पुछारबाट दोस्रो स्थानमा छ।

महाभियोगमा ट्रम्पविरुद्ध बयान दिएका दुई अधिकारी बर्खास्त

Previous articleहराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला
Next articleनेपाल पुलिस क्लब सेमिफाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।