Home Uncategorized अफगानिस्तानमा आक्रमण हुँदा २० को मृत्यु

अफगानिस्तानमा आक्रमण हुँदा २० को मृत्यु

सिया मुस्लिमहरुको भेलामा उक्त आक्रमण भएको बताइएको छ। हजारा जिल्लामा शहिदको सम्झनामा आयोजना गरिएको कार्यक्रममा विपक्षी नेता अब्दुल्लाह अब्दुला पनि सहभागी थिए।

आक्रमणमा उनी बाँच्न सफल भएको वासिङ्टन पोस्टले जनाएको छ। करिब आधाघण्टा उक्त क्षेत्रमा गोलाबारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अमेरिका र तालिबानबीच भएको शान्तिवार्तापछि यतिबेला फेरि अफगानिस्तानमा युद्ध सुरु भएको छ। शान्तिवार्ताले युद्ध अन्त्य हुने अनुमानकाबीच त्यहाँ फेरि हिंसा मच्चिएको छ।

शुक्रबारको आक्रमण भने आफूले नगरेको तालिबानले बताएको छ। दुईदिन अगाडि तालिबानी आक्रमणमा २० अफगान सेनाको ज्यान गएको थियो।

आफ्ना लडाकू नछाड्ने सरकारको प्रतिक्रिया आएपछि तालिबानले आक्रमण गरेको थियो। अमेरिकाले पनि सोही दिन तालिबानीमाथि हवाई आक्रमण गरेको थियो। एजेन्सी

कमाउन मलेशिया पुगेको थिए, ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ, शरीरको ७२ प्रतिशत शरीरको भाग ज’ल्यो

Previous articleस्याङ्जाबाट शुरु भयो विशेष नापी
Next articleट्युनिसियास्थित अमेरिकी राजदूतावास अगाडि आत्मघाती बम बिस्फोट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।