Home Uncategorized कमाउन मलेशिया पुगेको थिए, ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ, शरीरको...

कमाउन मलेशिया पुगेको थिए, ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ, शरीरको ७२ प्रतिशत शरीरको भाग ज’ल्यो

मेरो घर स्याङ्जाको भीरकोट नगरपालिका हो । म वैदेशिक रोजगारीको सिलसिलामा २०६१ सालमा मलेसिया गएको थिएँ । जान त म पनि उज्ज्वल भविष्य र पारिवारिक सुखको बाटो खोज्दै मलेसिया पुगेको थिए । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्थायी ठेगाना भएका कृष्णको वैदेशिक रोजगारीको पि’डा यसरी सुरु हुन्छ । मेरो काम मलेसियाको एक आयल कम्पनीमा थियो । यहाँबाट जाने बेलामा नै म यही कम्पनीमा गएको हुँ । तर जे सोचेर गएको थिएँ त्यसो भएन । जे नसोचेको थिएँ त्यही भयो ।

काम गर्ने सिलसिला साबुन बनाउनका लागि राखिएको ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ । जसले गर्दा मेरो शरीरको ७२ प्रतिशत शरीरको भाग ज’ल्यो । ट्याङ्की केमिकलले भरिएको थियो । त्यही माथि टेकेर काम गर्न पर्थों । काम गरिरहेको थिए । तर त्यसको ढकन कोल्टियो । अनि म त्यो भित्र ख’सेँ । कम्पनीमा मसँगै काम गर्ने साथी लम्जुङ्गका चन्द्र बहादुर थापाले मलाई उद्धार गर्नुभएछ । सायद उहाँ नभएको भए मेरो शरीर त्यसै ट्याङ्कीमा ख’रानी हुने थियो । भगवानले उहाँलाई मेरो छेउमा पठाइदिनुभएछ जस्तो लाग्छ अहिले त ।

त्यो दुर्घ’टनापछि मेरो मलेसियाकै अस्पतालमा झण्डै ७ महिना उपचार भयो । तर मलाई विदेशी अस्पताल भए पनि त्यहाँको उपचार खास चित्त बुझेन । मैले आफ्नै देश फर्किएर उपचार गराउने निधो गरेँ । काठमाण्डौमा आएर टिचिङ अस्पतालमा उपचार गराएँ । मेरो घरमा सबै जनाले खेतीपाती गर्नुहुन्छ । तर पनि हामी आर्थिक हिसाबले असाध्यै कम’जोर होइन । जग्गा जमिन प्रशस्त छ । तर म भने देशमा रोजगारीको अवसर नपाएर मलेसिया गएको हुँ । पढेलेखेको पनि हुँ । तर जागिर पाइएन अनि के गरेर बस्नु । त्यसैले हो मैले विदेशको बाटो रोजेको पनि ।

तर रोजगारीको आसमा झण्डै ज्यानै गयो । केमिकलमा ज’लेका कारण खुट्टाको औँला समेत का’ट्न प¥यो । अहिले पनि मेरो शरीरमा घा’उका खतहरू छन् । पुरै सर्जरी गरियो । लाखौँ रुपैयाँ खर्च भयो तर शरीर पूर्ण रुपमा निको भएन । जान त म पनि कमाउन भनेर नै गएको थिएँ । तर परदेशी भूमिमा टेकेको १८ दिनमै मैले जीवनभरिलाई पुग्ने पी’डामा डुबेँ । स्वस्थ मानिस जसरी हिँडडुल गर्न सक्दिनँ । बैसाखीको सहायताले हिँड्छु । स्याङ्जाबाट बसाइसराइ गरी अहिले हामी नवलपरासीको बर्दघाट १० मा बस्छौ । श्रीमती, दुई छोरा र एक छोरी छन् ।

अहिले त बुहारी पनि छन् । शरीर ज’ले पनि मेरो मनलाई परिवारले ठुलो हौसला दियो । मलाई कहिले एक्लो र कम’जोर महसुस हुन दिएनन् । अहिले ४९ वर्षको भएँ । म हुन त पूर्ण रूपमा अ’पाङ्ग हुँ । तर राज्यले पहिचान गर्न सकेको छैन । मेरो कुनै परिचयपत्र छैन । मलाई सरकारले कुनै सहयोग उपलब्ध गराएको पनि छैन । तर मेरो साथमा परिवार छ । कमाउँछु, जमाउँछु भनेर प्रयास नगरेको त कहाँ हो र ? तर झण्डै जीवन गयो । त्यसैले म अहिले जे छ त्यसमा खुसी छु । उज्यालो अनलाईन बाट 

https://ujyaalonepalnews.com/archives/16049

Previous articleसाउदीमा विदेशी कामदारलाई बिना अग्रिम सूचना जागिर बाट निकालेर डिपोर्ट गर्न सकिने
Next articleआगामी जनवरी बाट पोखरा अन्तराष्ट्रिय विमानस्थल बाट उडान सुरुहुँदै; खाडीका यी देशबाट हुनेछ सिधा उडान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।