चीनमा कोरोना संक्रमणको दर अहिलेसम्मकै कम, मृतकको संख्या पनि घट्दै

दैनिक संक्रमणको दरमा उल्लेख्य कमी आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

गत जनवरी २० देखि चीनले कोरोना संक्रमितको दैनिक संख्या सर्वाजनिक गर्दै आएको छ। गएको २४ घण्टामा चीनमा मात्र ४० जना कोरोनाबाट संक्रमित भएको आयोगको भनाइ छ।

यस्तै चीनमा मृतकको संख्या पनि घट्दै गएको छ। गएको २४ घण्टामा चीनमा २२ जनाले ज्यान गुमाएको आयोगले जनाएको छ।

यससँगै चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ७३५ पुगेको छ। त्यहाँ मृतकको संख्या ३ हजार ११९ पुगेको छ।

दैनिक कोरोना संक्रमणको दरलाई हेर्ने हो भने हाल चीनमा भन्दाबढी बाहिरी देशमा कोरोनाको संक्रमित बढ्दै गएका छन्।

गएको २४ घण्टामा दक्षिण कोरियामा २ सय ४८ संक्रमित बढेको देखिएको छ। हाल कोरियामा ७ हजार ३८२ संक्रमित छन्।

इटालीमा सो अवधिमा १४ सय ९२ संक्रमित बने। इटालीमा संक्रमितको संख्या ७ हजार ३७५ पुगेको छ। इटालीमा यही अवधिमा १३३ जनाको कोरोनाकै कारण मृत्यु भयो। हाल त्यहाँ ३६६ को मृत्यु भइसकेको छ।

विश्वभरको तथ्यांकअनुसार सोमबारसम्म १ लाख ९ हजार २७१ कोरोनाबाट संक्रमित छन्। यसबीचमा ३ हजार ८१६ को ज्यान गइसकेको छ। ६२ हजार १७६ उपचारपछि स्वस्थ बनेका छन्।

विश्व स्वास्थ्य संगठनले हाल विश्वभरका वैज्ञानिकहरुले २० भन्दाबढी कोरोनाको भ्याक्सिन निर्माण गरिरहेको जनाएको छ।

यसबीचमा कोरोनाबाट जोगिने उपायहरु अबलम्ब गर्न र कोरोनाबारे भ्रम नफैलाउन संगठनले अनुरोध गरेको छ। एससीएमपी

यो पनि।

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया

Previous articleउपत्यकामा ५ वर्षमा ३१ हजार दुर्घटना : ९ सय २९ जनाले ज्यान गुमाए, मृतकमध्ये युवा धेरै
Next articleप्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधिको रेडन कलेजलाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।