एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ : अध्यक्ष दाहाल

कावासोती, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् ।

नवलपुरको दलदलेमा शुक्रबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताए ।

अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उनले नेपालमा त्यस्तो विवादित अवस्था नआउने बताए । अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण आएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अघि बढ्ने स्पष्ट गरे ।

भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेर प्रकाशित गरेको नक्साले नयाँ विवाद सिर्जना गरेको बताउँदै नवलपरासीको सुस्ता र कालापानी क्षेत्रको विवादलाई दुवै देशले समाधान निकाल्ने बताए ।

देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वबीच एउटै मत रहेकामा खुशी व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको बताए ।

The post एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ : अध्यक्ष दाहाल appeared first on Koshi Online.

मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र

Previous articleनेपकम्स कलेजस्तरीय फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार
Next articleकाँग्रेस बैठक १३ माघमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।