विराटनगर, ११ माघ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा कोइराला निवासमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राख्दै नेत्री कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गरिन् । उनले सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताइन् ।
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन् । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीनजना एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन् ।
नेत्री कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन् ।
काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उनले बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन् ।
यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने यसलाई सच्याउनुपर्ने उल्लेख गरिन् । रासस
The post पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्छ : केन्द्रीय सदस्य कोइराला appeared first on Koshi Online.
वुहानबाट नेपालीहरू लिएर आएको जहाज ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट उड्ने


