Home Uncategorized अब उतै कम्पनी चेन्ज गर्न पाईन्छ, ‘कतारमा रहेका नेपालीले घर फर्किन ह’तार...

अब उतै कम्पनी चेन्ज गर्न पाईन्छ, ‘कतारमा रहेका नेपालीले घर फर्किन ह’तार गर्नुपर्दैन’

अब उतै कम्पनी चेन्ज गर्न पाईन्छ, ‘कतारमा रहेका नेपालीले घर फर्किन ह’तार गर्नुपर्दैन’

१३ असोज काठमाडौं । अहिले मुलुकभित्र रहेका र विदेशमा कार्यरत नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) म’हामा’रीको चि’न्तामा छन् । उनीहरुलाई म’हामा’रीका कारण आफ्नो स्वास्थ्य बि’ग्रने, सामाजिक र आर्थिक स’मस्या आउन सक्ने ड’र छ । कतारमा कार्यरत नेपालीहरु पनि यस्तै त्रा’समा छन् ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

कतारमा कार्यरत कैयौं नेपालीहरुले म’हामा’रीका कारण रोजगारी गु’माउनुपरेको छ । तथापि काठमाडौंस्थित कतारी दूतावासका अधिकारी भने कतारमा रहेका नेपाली श्रमिकले आ’त्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । नेपालका लागि कतारी राजदूत युसुफ बिन अल हैल भन्छन्, ‘यदि कुनै कम्पनी म’हा’मारीका कारण स’मस्यामा परेको छ भने यसका कामदारहरु तत्कालै फ’र्किनु जरुरी छैन । उनीहरुले रोजगारीको अर्को अवसर खोज्न सक्छन् ।’

प्रस्तुत छ, राजदूत हैलसँग कतार-नेपाल सम्बन्धको विषयमा केन्दि्रत रहेर गरिएको कुराकानी-

सुरुमा हामी तपाईंहरुको दूतावासको स्थानका बारेमा जान्न चाहन्छौँ । तपाईंहरुले यसलाई काठमाडौंको महाराजगञ्जबाट ललितपुरको सहरभन्दा केही पर सुनसान स्थान बुङमतीमा सार्नुभएको छ । यसको कारण के हो ?

हो, यो (कतार दूतावास) सहरभन्दा केही टाढा छ । यद्यपि बुङमती काठमाडौं उपत्यकाभित्रै छ र यो गाउँ हरिया खेतहरूले घेरिएको सुन्दर स्थानमा छ । यहाँबाट हिमालको आकर्षक दृश्य पनि देखिन्छ । त्यसैले हामीले राम्रो मौसम, स्वच्छ हावा र हरियाली वन भएको यो स्थानमा दूतावास सार्ने निर्णय गरेका हौँ, जुन काम गर्नका लागि पनि सबैभन्दा राम्रो स्थान हो । अर्को कुरा, यो टाढा रहेको ठाउँ पनि होइन किनकि, हामी सही समयमा सहरको कुनै पनि स्थानमा पुग्न सक्छौँ ।

कतार-नेपाल सहकार्यका प्रमुख क्षेत्रहरुका विषयमा छोटो व्याख्या गरिदिनुहुन्छ कि ? कुनकुन क्षेत्रमा दुई मलुुकहरु आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा जोडिन सक्छन् ?

अहिले सहकार्यको मुख्य क्षेत्र श्रम बजारको हो । कतार नेपालसँगको यो सहकार्यलाई सराहना गर्छ । साथै यो क्षेत्रको दायरा बढाउँदै दक्ष जनशक्तिका लागि पनि नयाँ अवसरको खोजी गर्ने विषयमा काम गर्न चाहन्छ ।

त्यस्तै हामी कृषि, जलविद्युत्, लगानी, खेलकुदजस्ता क्षेत्रमा पनि सहकार्य गरेर अघि बढ्न तयार छौँ । सम्झौता र अनुभव साटासाटको माध्यमबाट यो सहकार्य पनि पूरा हुन सक्छ । यसअघि नै हामीसँग नेपाली उत्पादन कतारको बजारमा निर्यात गरिसकेको अनुभव छ ।

अहिले कतारमा कोभिड-१९ को अवस्था कस्तो छ ? विश्वव्यापी म’हामा’रीका कारण धेरै नेपालीले तपाईंको मुलुकमा रोजगारी गु’माएको भन्ने सुनिएको छ । कतारको अवस्था कहिले सामान्य होला भन्ने लाग्छ, जसका कारण नेपाली कामदारका लागि सहज अवस्था बनोस् ?

कतारले दैनिक नयाँ संक्रमितको संख्या उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्रत्येक साता अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आइरहेको छ । कतार कोरोनाको मृत्युदर विश्वकै सबैभन्दा कममा राख्न सफल मुलुकमध्येको एक हो ।

कोभिड-१९को महामारीका कारण उत्पन्न भएको गम्भीर आर्थिक स’मस्याको प्रत्यक्ष असर आप्रवासी कामदारहरुमा देखिएको छ । तर, म कतारको श्रम कानुनतर्फ इंगित गर्न चाहन्छु, जसले कामदारलाई रोजगारी परिवर्तन गर्ने अनुमति दिएको छ । यदि कुनै कम्पनी म’हामा’रीका कारण समस्यामा परेको छ भने यसका कामदारहरु तत्कालै फर्किनु जरुरी छैन । उनीहरुले रोजगारीको अर्को अवसर खोज्न सक्छन् ।

कतार दशकौंदेखि नेपालको मित्रराष्ट्रका रुपमा रहेको छ । भौगोलिक हिसाबमा धेरै नै सानो भएता पनि कतार सम्पन्न र समृद्ध मुलुकका रुपमा विश्वभर चिनिन्छ । कतार कसरी समृद्ध भयो ? त्यहाँबाट नेपालले लिन सक्ने शिक्षा के हो ?

कतारले उल्लेख्य प्रगति र विकास हासिल गरेको छ । उसले अहिले पनि उचित योजना, उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग र विश्वसनीय साझेदारसँगको सहकार्य र समयअनुसारको सहकार्यको माध्यमबाट आफ्नो अवस्थामा थप सुधार गरिरहेको छ ।
कतारले यी सबै उपलब्धि हासिल गर्नुमा कतारका राजाको दूरदर्शी एवं नेतृत्वदायी भूमिका र कतारी जनताको एकता तथा आफ्नो ज्ञान र सीप मुलुकको लक्ष्यका लागि खर्च गर्ने समर्पणका कारण हासिल गरेको हो ।

तपाईं विगत चार वर्षदेखि नेपालमा कार्यरत हुनुहुन्छ । नेपालले तपाईहरुको जस्तै समृद्धिको यात्रा कसरी पछ्याउन सक्छ ? आखिर, कतारले जस्तो नेपालले पेट्रोलियम पदार्थ विश्वलाई बेचेर धनी बन्न त सक्दैन… ।

मेरो व्यक्तिगत मूल्यांकनलाई भन्ने हो भने पक्कै पनि नेपाल विकासको गतिमा अघि बढिरहेको छ । चार वर्षको अवधिमा नै मैले यो कुरा देखेको छु । नेपालले विकास र समृद्धिका लागि आवश्यक पर्ने सबै कारक र स्रोत साधनहरू उपहारका रुपमा पाएको छ । राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन र मानिसहरुको संगठित इच्छाले आगामी दिनमा नेपाल विकासको बाटोमा थप अघि बढ्नेमा म आशावादी छु । यसमा दक्ष जनशक्तिको थप सहयोग पनि रहनेछ, जो (नेपालीहरू) समर्पण र उत्कृष्टताका लागि चिनिन्छन् ।

कतारले सन् २०२२ मा आयोजना गर्न गइरहेको विश्वकप फुटबलका बारेमा नेपालका खेलप्रेमीहरूमा चासो छ । तपाईंहरू यति ठूलो कार्यक्रमका लागि कसरी तयारी गरिरहनुभएको छ ?

फुटबल कतारको पनि लोकप्रिय खेल हो । तपाईंलाई थाहा छ कि कतार सन् २०१९ को एसिया कप अफ नेसन्सको च्याम्पियन पनि हो । त्यसैले पहिलोपटक मध्यपूर्व र पश्चिमी एसियामा विश्वकपको आयोजना गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो । यो आयोजना पूरा गर्ने जिम्मा सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीलाई दिइएको छ । यसको तयारी योजनाअनुसार नै चलिरहेको छ । सन् २०२२ सम्म फिफा विश्वकपका लागि आवश्यक सबै रंगशाला र पूर्वाधारहरू अन्तिम चरणमा पुग्नेछन् ।

नेपाल आउनुभन्दा अगाडि तपाईंले अन्य कतिपय मुलुकको संस्कृतिको अनुभव बटुलिसक्नुभएको छ । नेपालमा पनि तपाईं घुलमिल भइसक्नुभएको छ, जस्तो कि तपाईंले नेपाली बुझ्न थाल्नुभएको छ । तपाईं नेपाल, यहाँको समाज र संस्कृतिका बारेमा चाहिँ के भन्नुहुन्छ ?

सामान्य रूपमा भन्ने हो भने कतारी र अरबी संस्कृति धेरै किसिमबाट नेपाली संस्कृतिसँग मिल्छ । हामी सबै एसिया महादेशमा पर्छौँ । हामीहरू पश्चिमी एसियामा पर्छौँ भने नेपाल दक्षिण एसियामा पर्छ । उदाहरणका लागि : सम्मानको संस्कार, केही खानाहरू पनि समान छन् र पारिवारिक सञ्जाल पनि उस्तैउस्तै छन् । मैले नेपाली समाजका अन्य धेरै कुराहरू कतारको जनजीवनसँग निकै मेल खाने गरेको पाएको छु । यहाँ मलाई आफ्नै घरमा बसेको जस्तै अनुभूति हुन्छ ।

नेपालको के कुराबाट तपाईं प्रभा’वित हुनुहुन्छ ? र के कुराले तपाईंलाई नि’राश बनाएको छ ?

म नेपालीहरूको मुस्कान र आशावादी भावनासहितको सकारात्मक व्यवहारबाट प्रभावित छु । उनीहरु सबै पर्यटक र विदेशीहरूलाई खुला हृदयले स्वागत गर्छन्, जसका कारण जोकोही पनि पुनः एक पटक नेपाल आउन चाहन्छन् । अहिलेसम्म कुनै नि’राशा छैन । मेरो नेपालसँग हृदयदेखिको एक मात्र चाहना भनेको यसले विकास र समृद्धिको योजनालाई मनन गरोस् भन्ने छ । अनलाईनखबर बाट 

नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध आरोपपत्र दायर

Previous articleकुखुराको चल्ला किन्दा हो’सियार: ब्रोइलरका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ प’क्राउ
Next articleकतारमा नयाँ काम खोज्दै हुनुहुन्छ? अनलाईन बाट यसरी दिन सकिन्छ आवेदन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।