Home Uncategorized कतारमा नयाँ काम खोज्दै हुनुहुन्छ? अनलाईन बाट यसरी दिन सकिन्छ आवेदन

कतारमा नयाँ काम खोज्दै हुनुहुन्छ? अनलाईन बाट यसरी दिन सकिन्छ आवेदन

कतारमा नयाँ काम खोज्दै हुनुहुन्छ? अनलाईन बाट यसरी दिन सकिन्छ आवेदन

काठमाण्डौ – कतारमा तपाईँको रोजगारी गु’मेको छ ? भिसा वा करार सकिएको छ, तर तपाईँ यो म’हामा’रीको समयमा घर फर्कनुभन्दा पनि कतारमै काम गर्न चाहानुहुन्छ ? यदि त्यसो हो भने तपाईँलाई यो म’हामा’री कतारमा फेरि जागिर पाउने अवसर बन्न सक्छ । कतारले पछिल्लो समय श्रम कानुनमा सुधार गर्दै पुनः रोजगारीको अवसर प्राप्त गर्ने अवसर दिएको छ ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

तपाईँले चाहेमा पहिलो रोजगारदाताको अनुमति बिना नै अर्को काम खोजेर वैधानिक हिसाबमा नै गर्न पाउनुहुन्छ । म’हामा’रीको समयमा कतारले नयाँ श्रमिकको भर्तीमा भन्दा पनि कतारमै रहेका श्रमिकलाई पुनः कामको अवसर दिने खालका कार्यक्रमहरु पनि ल्याएको छ ।

करार अवधि सकिएको छ, जागिर गु’माउनु परेको छ भने तपाईँले फेरि कामका लागि आवेदन दिन सक्नु हुन्छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतारमा तत्काल बे’रोजगार भई कामको खोजीमा रहेका र विशेष गरी अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई लक्षित गर्दै कार्यक्रम अघि सारेको छ ।

त्यसैले तपाईँले कतारमा जागिर गु’माउनुभएको छ र कतारमै फेरि पनि काम खोजिरहनुभएको छ भने त्यस्ता श्रमिकका लागि गैरआवासीय नेपाली संघ कतारले समन्वय गर्ने जनाएको छ । एनआरएनए कतारले त्यसका लागि अनलाइन आवेदन पनि खुलाएको छ । तपाईँले आवेदन भरेर आफ्नो विवरण उपलब्ध गराउन सक्नुहुन्छ । आवेदन दिनेहरुलाई काममा लगाउनका लागि समन्वय गरिदिने पनि एनआरएनएले उल्लेख गरेको छ ।

अनलाइन फारम भर्न यँहा क्लिक गर्नुहोला 

लामो समयदेखि फोहर ब्यवस्थापन नहुँदा अव्यवस्थित र प्रदूषित बन्दै मिर्मी बजार

Previous articleअब उतै कम्पनी चेन्ज गर्न पाईन्छ, ‘कतारमा रहेका नेपालीले घर फर्किन ह’तार गर्नुपर्दैन’
Next articleकतारमा रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे नेपाली राजदुताबासको जानकारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।