Home Uncategorized मलेसियाको उडान जुन २७ तारिखबाट सुरु हुने

मलेसियाको उडान जुन २७ तारिखबाट सुरु हुने

मलेसियाको उडान जुन २७ तारिखबाट सुरु हुने

नेपाल सरकारले मलेसियाको लागि जुन २७ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ भने २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । सोहि दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ ।

यहि दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ । २७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ यहि दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।
२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ ।

कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ । फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका बनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/14873

Previous articleउडान खुलेको हल्ला धेरै भो, खास खुल्ने चै कहिले देखि हो ? यस्तो आयो तालिका
Next articleचितवनमा निजी सवारीमा जोर बिजोर,साताको तीन दिन पसलहरु खोल्न पाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।