Home Uncategorized चितवनमा निजी सवारीमा जोर बिजोर,साताको तीन दिन पसलहरु खोल्न पाइने

चितवनमा निजी सवारीमा जोर बिजोर,साताको तीन दिन पसलहरु खोल्न पाइने

चितवनमा निजी सवारीमा जोर बिजोर,साताको तीन दिन पसलहरु खोल्न पाइने

लक्ष्मण भट्ट, चितवन । चितवनमा निषेधाज्ञा खुकुलो हुने भएको छ । असार ११ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले परिमार्जनसहित निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी दिए । ‘जिल्लामा अझै पूर्ण रुपमा कोरोना नियन्त्रण त आएको छैन, विस्तारै घट्दो क्रममा भएकाले निषेधाज्ञामा केही परिमार्जन हुन्छ’–प्रजिअ लामिछानेले भने ।

निषेधाज्ञा खुकुलो बनाउने विषयमा आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । सोही बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्नेछ ।  जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गते राति देखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

बैक तथा वित्तीय संस्था खुल्न दिएर जेठ २७ गते राति १२ बजेसम्मलाई थप गरेको थियो । जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ३ गते राति १२ बजेसम्म लागू हुने गरी थप गरेको थियो । छैठौं पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ ।

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

Previous articleमलेसियाको उडान जुन २७ तारिखबाट सुरु हुने
Next article२८ तारिख बाट साउदीमा उडान सुरु हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।