सुजिता भण्डारी मृ’त्यु प्रकरण: पोष्टमार्टम रिपोर्टमा के देखियो

सुजिता भण्डारी मृ’त्यु प्रकरण: पोष्टमार्टम रिपोर्टमा के देखियो

२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृ’त्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृ’त्यु चो’टपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृ’त्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृ’त्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ ।

यसबाट मृ’तकले जीवित रहँदा खाएको कुरा र मृ’त्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् । आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको श’व भेटिए नजिकै वि’षको बट्टा पनि बरामद भएको थियो । त्यही खाएर भण्डारीले आ’त्मह’त्या गरेको हुनसक्ने आशं’का पनि छ । ‘वि’ष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो, ‘पोष्टमार्टमबाट उनलाई अन्य चो’टपटक चाहिं नभएको देखियो ।’

प्रहरी स्रोतका अनुसार भण्डारीको यो’नीको जाँच गर्दा जब’रजस्ती कर’णीको कुनै संकेत देखिएन । श’व भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अप’हरण भएको भन्दै प्रहरीमा जा’हेरी दिएका थिए । तर अपह’रणको कुनै सकेत नदेखिंदा प्रहरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुसन्धान गरिरहेको थियो । त्यहीबीच उनको श’व भेटिएपछि घ’टना रह’स्यमय बनेको छ ।

घट’नाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । मंगलबार प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा कर्फ्यूसमेत लगाएको थियो । कर्फ्यु भोलि असार २४ गते सांझ सम्म लम्बाईएको छ ।

भरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी

Previous articleखुसीको खबर: सबै अन्तर्राष्ट्रिय उडान खुल्ने टिकटको कालोबजारी रोकिने
Next articleअब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।