Home Uncategorized अब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने

अब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने

अब एजेन्टलाई कमिसन तिर्न पर्दैन; हिमालय एअरलाइन्सको टिकट अनलाईन मै काट्न सकिने

काठमाडौं : हिमालय एअरलाइन्स्ले आफ्नो फ्लाईट टिकटको अनलाइन बुकिङ सेवा सुरु गरेको छ । नेपाल–चीन दुई देशको संयुक्त लगानीमा सञ्चालित एक निजी एअरलाइन्स् कम्पनी हिमालय एअरलाइन्सले हालै आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको हो । ग्राहकहरूले एअरलाइन्सको वेभसाइटमार्फत टिकट बुकिङ गर्न सकिने जनाइएको छ ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण –पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सकिने एअरलाइन्सले जनाएको छ ।

अनलाईनमार्फत नै ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजनासमेत बनाएको कुरा विज्ञप्तीमा जनाइएको छ । मध्यान्ह दैनिक बाट

https://ujyaalonepalnews.com/archives/15007

Previous articleसुजिता भण्डारी मृ’त्यु प्रकरण: पोष्टमार्टम रिपोर्टमा के देखियो
Next articleप्लेन उड्ने दिन कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।