Home Uncategorized सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, १६ माघ । सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाईमा भवनको शिलान्यास भएको हो ।

विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार फाउन्डेसनको भवन शिलान्यास गरेका हुन् ।

आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता सुशील कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए । कोइरालाको सादा जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको उनकाे भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक काम गर्न अग्रसर भएको फाउन्डेसनलाई महानगरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताए ।

फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले सुशील कोइरालाको जीवनशैली र उनको काम गर्ने तरिकाबारे कार्यक्रममा सहभागी भएका अतिथि तथा सहभागीलाई जानकारी गराएकी थिइन । फाउन्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरुको हितमा काम गर्ने उनले बताइन् ।

फाउन्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएको अध्यक्ष कोइरालाले जानकारी दिइन ।

फाउन्डेसन भवन निर्माणका लागि प्रदेश १ सरकारकाले ७५ लाख बजेट उपलब्ध गराएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ ।

The post सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास appeared first on Koshi Online.

खुशीको खबर: खुल्यो मलेशिया, नेपाली श्रमिक अब जान पाउने

Previous articleनेविसंघका अध्यक्षमा सुनसरीका राजीव ढुंगाना
Next articleप्रचण्डले लेखेको प्रतिवेदनमा केपी ओलीको गम्भीर असहमति, यसरी भयो खुलासा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।