Home Uncategorized १०६ वर्षीया वृद्धाबाट मतदान

१०६ वर्षीया वृद्धाबाट मतदान

सिन्धुली– स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गर्नुभएको छ ।

उहाँको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उहाँलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गर्नुभएको थियो । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आउनु भएको थियो । सुनुवार्नी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/20026

Previous articleमतदान गरेर फर्किएका वृद्धको मृत्यु
Next articleचौरीदेउरालीको प्रभा माविमा मतदान स्थगित, मतपेटिका फुटाइयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।