Home Uncategorized मनाङको अपराजित यात्रामा पूर्णविराम

मनाङको अपराजित यात्रामा पूर्णविराम

ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। हारसँगै मनाङको उपाधि सम्भावना झिनो बनेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा गतवर्षको लिग विजेता मनाङ च्यासल युथ क्लवसँग २–० ले स्तब्ध भयो। लिगको नवौ चरणसम्म मनाङ मात्र एक अपराजित टोली थियो।
मनाङले ५ खेलमा जित हात पार्दा ४ मा बराबरी गर्दा च्यासलसँग पहिलो हार बेहोर्दै १९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

लगातार कमजोर प्रर्दशन गर्दै च्यासलले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि दाबेदार मनाङलाई रोकेको हो। च्यासल ३ खेलमा जित ३ मा बराबरी र ४ खेलमा हार भोग्र्दै १२ अंकमा नवौ स्थानमा उक्लेको छ।

च्यासलका लागि खेलको तेस्रो मिनेटमा बिक्रम लिम्बुको फ्रिकिकमा अमिर श्रेष्ठको प्रहार पोस्टबाट थोरै आकासियो। १३औं मिनेटमा कमल श्रेष्ठको प्रहार पोस्टबाट थोरैले बाहिरियो। पहिलो हाफको २४ औं मिनेटमा जापानीज खेलाडी ताइजा नाकामुराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दयानन्द सिंहले लडाएको फलमा टाईगाले २५ यार्ड टाढाबाट फ्रिकिकमा सुन्दर गोल गरेका थिए।

३६औं मिनेटमा अन्जन बिष्टको प्रहार आकासियो। पहिलो हाफको अन्त्यतिर जोसुवा फेमीेले पेनाल्टी क्षेत्र बाहिरबाट सट प्रहार गर्न ढिलो गर्दा मनाङ खेलमा फर्कन सकेन।

६५औं मिनेटमा फेमीकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार आकासियो। ६६औं मिनेटमा बिमल रानाको क्लोज रेन्जबाट गरेको प्रहारलाई छिरिङ गुरुङले ब्लक गरिदिए। ८१औं मिनेटमा अन्जन बिष्टले गरेको प्रहार पोलमा लाग्दै फर्कियो। त्यसै रिबाउन्डमा उनले फउल गर्न पुगेका थिए।

दोस्रो हाफको अतिरिक्त समयमा कप्तान सन्तोष साहुखलले १ गोल थप्दै गोल अन्तर बढाएका हुन्।

६ वटा सरकारले अगाडि बढाएको एमसीसी सम्झौतामा अझै विवाद

Previous articleप्रियंका कार्कीको तस्बिर सेयर गर्दै बार्साले भन्योः हामी नेपाललाई माया गर्छौं
Next articleतलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।