इरानी क्षेप्यास्त्र आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलासा

जनवरी ८ मा इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा गरेको क्षेप्यास्त्र हमलामा ११ अमेरिकी सेना घाइते भएको खुलेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नोतर्फ कुनै क्षति नभएको दाबी गरेका थिए।

जर्नेल कासिम सुलेमानी हत्याको बदला भन्दै इरानले दुई वटा सैन्य अखडामा २२ क्षेप्यास्त्र प्रहार गरेको थियो।

सो क्रममा अल असद हवाई अखडामा रहेका ११ सैनिक घाइते भएको अधिकारीहरुले जनाएका छन्। ती सैनिकमा बेहोस हुने लक्षण देखिएको जनाइएको छ। उनीहरुलाई जर्मनी पु¥याएर जाँच गरिएको छ। एजेन्सी

खेलमा भाग लिन नेपाल आएका अस्ट्रेलियाली टेनिस स्टारको मृत्यु

Previous articleचीनबाट फर्केका नेपाली विद्यार्थीलाई रहस्यमय कोरोना भाइरस लागेको आशंका
Next articleप्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।