Home Uncategorized रत्ननगरमा सरकारी स्तरबाट पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु

रत्ननगरमा सरकारी स्तरबाट पहिलोपटक लोकसेवा तयारी कक्षा सुरु

यो समाचार अडियोमा सुन्नुहोस् 

चितवन- रत्ननगरमा पहिलोपटक सरकारी स्तरबाट लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । नगरपालिकाको वडा नं. १५ कार्यालयले वडामा रहेका शैक्षिक वेरोजगारहरुको लागी वडा स्तरिय कार्यक्रमबाट नि:शुल्क तयारी कक्षा सुरु गरेको हो ।

बिहिबार एक कार्यक्रमको बीच कक्षाको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख प्रलाद सापकोटाले ‘यस्ता कार्यक्रमले बेरोजगारहरुको संख्या कम हुँदै जाने’ विश्वास व्यक्त गरे । सापकोटाले अहिलेको युवापुस्तामा सरकारी सेवामा प्रवेश गर्न भन्दा पनि घरखेत बेचेर विदेश जाने हुटहुटी बढी भएको भन्दै देशमा सक्षम व्यक्तिहरुको अभाव हुने संकेत देखिएकोमा चिन्ता व्यक्त गरे ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा नगर उपप्रमुख यादव प्रसाद पाठकले वडा कार्यालयले निकै उत्कृष्ट कार्यक्रम ल्याएको भएता पनि ‘सिक्ने तर व्यवहारमा नउतार्ने संस्कार’ हाबी रहेकोले कार्यक्रम फलदायी हुनेमा शंका व्यक्त गरे । कक्षामा सहभागीहरुलाई “जागिर नखाने भए र लोकसेवा नभिड्ने भए” यो कक्षा नपढ्न उनले आग्रह गरे ।

कार्यक्रमका सभापती तथा वडाध्यक्ष आशिक तामांगले स्थानीय युवाहरुमा रहेको बेरोजगारीको अन्त्य, निजामति सेवाप्रति आकर्षित गर्न तथा परीक्षाको तयारीमा टेवा पुगोस् भन्दै कक्षा सञ्चालन गर्न लागेको बताए । कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै नगरपालिका लेखा शाखा प्रमुख कृष्ण सुवेदीले कक्षामा नायबसुब्बा तथा बागमती प्रदेशको पाँचौतहको पहिलो र दोश्रो पेपरको तयारी गरिने जानकारी दिए ।

माधवपुर माविको सभाहलमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नं. १३ र १६ का वडाध्यक्षहरु पोट बहादुर घिमिरे र  हेमराज थापा, वडा सदस्यहरु, वडा भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विभिन्न राजनैतिक दलका प्रतिनिधि, टोलविकासका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो। वडा सचिव रुपबहादुर पण्डितले सञ्चालन गरेको कार्यक्रममावडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/26520

Previous articleछड्के २’ को ट्रेलर सार्वजनिक
Next articleदाउराले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।