Home Blog Page 47

भरतपुरको मालपोतचोक नजिक भएको दुर्घटनामा घाईते पिठुवाकि टिकाकुमारीको निधन

उज्यालो दर्पण- चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मालपोत कार्यालय नजिकै गत २० गते भएको सवारी दुर्घटनामा घाईते भएकी रत्ननगर १६ पिठुवा कि टिकाकुमारी न्यौपानेको आईतबार मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको खोजीमा हुनुहुन्छ? नेपालका टप टेन म्यानपावर कम्पनीहरुको नामलिस्ट हेर्न यँहा क्लिक गर्नुहोला !

कार्तिक २० गते दिउँसो झन्डै ०१:३० बजेको समयमा भरतपुरको मालपोतचोक नजिकै बा.प्र.०१-०२५ च २१०५ नं.को भ्यान गाडीले बा.प्र.०६- ००२प १३११ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर १६ हात्तीगाडे बस्ने बर्ष ३२ की गीता दाहाल र स्कुटरमा सवार बर्ष ६० कि टिका कुमारी न्यौपाने र वर्ष-८ कि ग्रिस्मा न्यौपाने घाईते भएका थिए ।

घाईतेहरु मध्ये गीता दाहाल र ग्रिस्मा न्यौपाने अस्पतालबाट डिस्चार्ज भईसकेका छन् भने गम्भीर घाइते भएकी टिकाकुमारीको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

स्कुटरलाई ठक्कर दिने गाडी र गाडी चालक उदयपुर चौदण्डि न.पा.१० घर भई हाल भरतपुर ३ बस्ने बर्ष ३२ को शुसिल खत्री प्रहरी नियन्त्रणमा छन्  ।

टाँडीको सब्जीमण्डी अगाडि भएको दुर्घटनामा घाईते अमिलियाका अर्का युवकको पनि मृत्यु

उज्यालो दर्पण- चितवनको रत्ननगर टाँडीमा रहेको सब्जीमण्डी अगाडी गत कार्तिक २१ गते बुधबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका रत्ननगर-१३ अमिलिया घर भएका साहिल परियारको पनि ज्यान गएको हो ।

सेकेन्डह्याण्ड स्कुटरको खोजीमा हुनुहुन्छ? यँहा क्लिक गर्नुहोस् 

बुधबार ००:२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोहीराति १२ः५१ बजे मृत्यु भएको थियो ।

सो घटनामा घाईते भएका २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामा गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेकोमा साहिललाई थप उपचारको लागी भारतको गोरखपुर लागिएको थियो ।

उनको गोरखपुरमै उपचारको क्रममा ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

चितवन दुर्घटना: ट्रेकिङ गएर फर्कदै थिए नवलपुरका शिक्षक दम्पती

भरतपुर । मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीले चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका छन ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो । उनिहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कदै थिए । उनिहरु दुवैजना शिक्षक हुन् ।

सन्तोषका साथि समेत रहनुभएका भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडाध्यक्ष दिपक दवाडीले चितवन दुर्घटनामा परेर भुषाल दम्पतीको निधन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘संगै पढेको साथि गुमाउनुपर्दा निकै पिडा भएको छ,तिहारपछि चितवनमा भेटेर चिया खाने धोको अधुरै रह्यो ।’ उहाँका अनुसार दुवैजना शिक्षक हुन् ।

फ्री भिषा फ्री भिषा सहित युएईमा रोजगारीको सुवर्ण अवसर, थप जानकारीको लागी यँहा क्लिक गर्नुहोला !

उनिहरुका एक छोरा र एक छोरी छन । शुक्रबार बिहान ३ बजे मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भुषाल दम्पतीसहित गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् ।

मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा हिजो बिहान तीन बजे तिर माइक्रो बस र बस एक आपसमा ठोक्किएका थिए । गम्भीर घाइते एकजनाको भरतपुरमा उपचार भइरहेको छ । अन्य चार जना घाईते भने उपचारपछि डिसचार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

 

राष्ट्रिय फोटो पत्रकार समूह चितवनको अध्यक्षमा बस्ताकोटी चयन

रत्ननगर । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको पत्रकार सन्तोष बस्ताकोटीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

सौराहामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिव रामु आचार्य, सहसचिव निराजन घिमिरे, कोषाध्यक्षमा हिरालाल गुरुङ र सदस्यहरुमा पुजन लामिछाने, अस्मिता पराजुली, आयुष न्यौपाने, सागर गिरी, बन्दना देवकोटा, अर्जुन चापागाईँ चयन भएका छन् ।

युवा पत्रकार बस्ताकोटी डेढ दशक अघिदेखि चितवनको पत्रकारितामा सक्रिय रुपमा काम गर्दै आएका छन् । आरुषी मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.का सञ्चालक समेत रहेका बस्ताकोटी कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।

नेपाल स्काउटको सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेका उनी पूर्वी चितवन पत्रकार मञ्चका प्रबक्ता तथा प्रेस सेन्टर रत्ननगरका अध्यक्ष हुन् ।

जिल्ला अधिवेशनले संस्थापक अध्यक्ष राजेन्द्र आचार्य, जिल्ला अध्यक्ष सन्तोष बस्ताकोटी, उपाध्यक्ष रामेश्वर रिजाल, सचिव रामु आचार्यलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरिएको छ ।

अधिबेशनको बन्दसत्रले संस्थापक अध्यक्ष राजेन्द्र आचार्यलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

सो अबसरमा अध्यक्ष बस्ताकोटीले आफ्नो कार्यकालमा फोटो पत्रकारिता तालिम, फोटो प्रर्दशनी र फोटोको माध्यवबाट चितवनको सफारी तथा धार्मिक पर्यटनलाई विश्वमा परिचित गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला शाखामा २५ जना फोटो पत्रकारितामा क्रियाशिल पत्रकारहरु आबद्ध रहेका छन् ।

चितवनमा बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।

बिहान ३ बजे नारायणगढतर्फ गुडिरहेको विद्युतीय माइक्रोबस र मुग्लिनतर्फ गुडिरहेको बस ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का सन्तोष भुसाल र सबिना भुसाल रहेका छन् । मृतकका आफन्तहरूले अस्पताल पुगेर शव पहिचान गरेका हुन् ।

माइक्रोमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का सूर्य विक्रम विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनमा अर्को दुर्घटना: बस र माइक्रो ठक्करखादा ४ जनाको मृत्यु ,२ जना गम्भीर घाइते

चितवन , २३ कार्तिक । चितवनमा यात्रुबाहक बस र ईलेक्ट्रीक माइक्रोबस ठक्करखादा ४ जनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ३ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोमा बस र माइक्रो एक आपसमा ठक्कर खाएको हो ।

मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६-००१ ज ०२९८ नम्बरको ई.भि. माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठक्कर खाएको हो ।

उक्त दुर्घटनामा परि माइक्रोमा सवारी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुमध्य एकजनाको मात्रै सनाखत भएको छ ।

माइक्रोमा सवार गोर्खा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बु निवासी अन्दाजी वर्ष ४० को राज बहादुर गुरुङको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नामथर ठेगाना नखुलेकी अन्दाजी बर्ष ४० कि महिला, अन्दाजी बर्ष ३२ र अन्दाजी बर्ष ३५ को पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि माइक्रो चालक र अर्का एक यात्रु गम्भीर घाइते भएका छन् ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले बस चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई नियन्त्रणमा लिएको छ ।

गण्डकी महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने

गैँडाकोट, २२ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ ।

गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा कात्तिक २६ देखि सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो ।

महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिए ।

टनेलभित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए  । टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न लागिएको उनले बताए ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।

अहिले महोत्सव स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माणलगायतका कामहरु भइरहेको भट्टचनले बताए । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनले दाबि गरे ।

कात्तिक २६ गते सुरु भएर मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको मूल संयोजक भट्टचनको भनाइ छ ।

इच्छाकामनामा कार्यरत अनमी थिइन विन्दु, जो भरतपुरमा स्कुटर दुघर्टनामा परेर अस्ताइन

चितवन, कात्तिक २२- चितवनको भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर दुर्घटनामा परी मृत्यु हुने महिला इच्छाकामना गाउँपालिकामा कार्यरत अनमी रहेको खुलेको छ ।

बिहिबार बिहान ११ः४० बजे भरतपुर महानगरपालिका २४ लक्ष्मणचोकमा प्र ३–०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बा.प्र.०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुरमा सवार इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोकी ३७ वर्षिय रामकुमारी गुरुङ (विन्दु) को मृत्यु भएको थियो ।

उनि विगत सात वर्षदेखि पालिकामा अनमिको रुपमा कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार इच्छाकामना गाउँपालिका ३ स्थित माझगाउँको स्वास्थ्य इकाईमा उनको दरबन्दी थियो । हाल उनि काजमा आधारभूत अस्पताल कुरिन्टारमा कार्यरत थिईन् ।

टाँडीको सब्जीमण्डी अगाडि भएको दुर्घटनामा एकको मृत्यु दुईजना घाइते।

कार्तिक २१-  रत्ननगरको टाँडी बजारमा रहेको सब्जिमण्डी अगाडि पूर्व–पश्चिम राजमार्गमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

गएराति १२ः२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

सोहि ठाउँ बस्ने अन्दाजी २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामा गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । परियारको टाउको र दाहिने खुट्टामा चोट लागेको छ भने लामाको दाहिने खुट्टा, हात र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ ।

बस चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पिठुवामा रक्तदान कार्यक्रम, ८२ युनिट रगत संकलन

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।

मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई दृष्टगत गर्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा पिठुवा, रत्ननगर नगरपालिका वडा नं. १६ वडा कार्यालय, पिठुवा स्वास्थ्य चौकी र  पिठुवामा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजना कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ५७ जना पुरुष र २५ जना महिलाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरुङ, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति हरिप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पिठुवा सभापती कमलनाथ अधिकारी, पिठुवा स्वास्थ्य चौकी प्रमुख नरहरी श्याम शर्मा, पिठुवा सामुदायिक सिकाई केन्द्र अध्यक्ष नेत्र घिमिरे लगायतको उपस्थिति थियो ।

कार्यक्रमबाट जिल्लामा रगत अभावका कारण अप्ठ्यारोमा परेकाहरुलाई केही मात्रामा भएतापनी सहयोग पुग्ने विश्वास गरिएको वडाध्यक्ष हेमराज थापाले बताए ।