Home Blog Page 75

एसीसी प्रिमियर कप क्रिकेट आजदेखि, नेपालले मलेसियासँग खेल्दै

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । मलेसिया भने समूह चरणबाटै बाहिरिएको थियो । समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । मलेसियाले कतार र साउदीलाई पराजित गरेको थियो ।

एसीसी प्रिमियर कप क्रिकेटमा आज एकैदिन चार वटा खेल हुँदैछन् । बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा भोलि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । आजदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

चितवनको वायुमण्डलमा धुँवा : हानिकारक बन्याे वातावरण

रत्ननगर, चैत्र २८ । चितवनमा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभरसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा लागेको लागेको डढेलोका कारण चितवनको वायु प्रदूषण बढेको हो ।

कतै घाँसे मैदान व्यवस्थापन गर्न र कतिपय प्राकृतिक कारणबाट पनि डढेलो फैलिएको छ । सर्वसाधारणहरुले पनि कृषिजन्य उत्पादनका फोहर र अन्य फोहर जलाउने गरेका कारण वायुमण्डलमा धुँवाको मात्रा अत्याधिक भएको हो ।

सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ ।

वायु प्रदुषणका कारण आँखा पोल्ने, श्वासप्रश्वास बढ्ने, छाला चिलाउने लगायतका समस्या देखिन थालेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार चितवनको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) कसरा नजिकको सेन्सरले ७०० बढी देखाएको छ। त्यस्तै गरेर मेघौलीको सेन्सरले ५५० बढी , भिमनगरमा ६५० बढी, र भरतपुरमै पनि ३५० बढी छ । एक्यूआई ३०० बढी हुदा स्वास्थ आपतकालीन अवस्था हुने गर्दछ।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मुलुकभर लागेको डढेलोको असर चितवनलगायतका सहरको वायूमा परेको बताए ।

तिवारीका अनुसार वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जानेछ। जसका कारण यहाँको वातावरण अत्यन्तै हानिकारक तहमा पुगेको छ ।

बाहिर निस्किन नपरे बाहिर नजाने र मास्क लगाउने, आँखा चिसो पानीले पटक पटक धुने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

जनतासंग एमाले अभियान : रत्ननगर पन्ध्रमा ४१२ जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । रत्ननगर वडा नं १५ मा मंगलबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ४१२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जनतासंग एमाले अभियान अन्तर्गत नेकपा एमाले वडा कमिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नगर कमिटीले सयुक्त रुपमा आयोजना गरको शिविरमा दाँत तर्फ ३१ जना सहित ४१२ जनाको स्वास्थ्य परीक्षण गरी औषधि समेत वितरण गरिएको पार्टीका नेता तथा वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

जनतासंग एमाले अभियान सञ्चालन भइरहेका बेला नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै शिविर आयोजना गरिएको उनले बताए ।

शिविरको एमालेकी केन्द्रीय सदस्य शिबकुमारी गोतामेले उद्घाटन गरेकी थिइन् । शिविरमा डा.शशांक सिंह सहितका डाक्टरहरुको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा पूर्वमन्त्री दावादोर्जे लामा, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तथा संस्थापक मेयर नारायण वन, नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्याल, नेता तिलचन्द्र भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नगर कमिटी प्रमात्मा रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष कृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजराज लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।

यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ ।

भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।

चितवनका दुई पालिकाका किसानहरुलाई मौरी वितरण

उज्यालो नेपाल- समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले जीविकोपार्जन कार्यक्रम अन्तर्गत चितवनका दुई स्थानिय तहहरुमा मौरी वितरण गरेको छ ।

संस्थाले रत्ननगर र कालिकामा रहेका विभिन्न चार वटा सामुदायिक वनमा आवद्ध कृषकहरुलाई सेरेना र मेनिफेरा जातका २८ घार मौरी वितरण गरेको हो ।

कार्यक्रमबाट लाभान्वित हुनेहरुमा रत्ननगरको पन्चकन्या सामुदायिक वन र कालिकाको भिमवली सामुदायिक वन, उदयपुर सामुदायिक वन र अमलाचुली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।

संस्थाले यसअघि नवलपुरको गैंडाकोटमा रहेको कार्यालयमा तिनदिने व्यवसायिक मौरीपालन सम्बन्धी तालिम संचालन गरिसकेको छ । सोहि तालिममा सहभागी किसानहरुलाई मौरी वितरण गरिएको हो।

मौरी वितरण कार्यक्रम पछी संक्षिप्त प्रतिक्रिया राख्दै उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले यस्ता कार्यक्रमले किसानहरु आर्थिक समृद्धिको बाटो तर्फ लाग्ने उल्लेख गर्दै यसले वनजंगल संरक्षणको कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपरासी र चितवनको विभिन्न क्षेत्रमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

रत्ननगरमा कक्षा आठको नतिजा प्रकाशन ( नतिजा सहित)

रत्ननगर। रत्ननगर नगरपालिकाले आधारभूत तह कक्षा ८ को नतिजा आईतबार प्रकाशित गरेको छ । सैद्धान्तिक र प्रयोगात्मक दुुवै गरी समष्टिमा प्रत्येक विषयमा डी प्लस ग्रेड स्तरभन्दा माथिल्लो स्तर कायम गर्ने विद्यार्थीहरू झन्डै ९४ प्रतिशत रहेका छन् ।

उनीहरू कक्षा ९ मा भर्ना हुनयोग्य विद्यार्थी रहेको नगरशिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए । छ प्रतिशत विद्यार्थीको डी प्लस ग्रेडभन्दा तल्लो स्तर कायम भएकाले ग्रेड स्तर वृद्धिका लागि पूरक परीक्षा दिनुपर्ने भएको छ ।

ति छ प्रतिशत मध्ये पनि २ वटा विषयमा मात्र डी प्लस ग्रेडभन्दा तल्लो स्तर कायम भएका विद्यार्थीहरु मात्र पुरक परिक्षामा सहभागी हुन पाउनेछन् ।

परीक्षामा सामुदायिक र संस्थागततर्फका गरि कुल एक हजार ६१८ जना विद्यार्थी सहभागी भएका थिए ।  परीक्षाको  लागी रजिष्ट्रेशन फारम भरेका मध्ये सात जना विद्यार्थी परिक्षामा सामेल नै भएनन् ।

समग्रमा यसपटक रत्ननगरको कक्षा आठको नतिजा गतवर्षको भन्दा सुधारिएको देखिएको छ ।  गतवर्ष यँहाका दुई सामुदायिक विद्यालयहरु द्वारिकादास मावि र कपरफोरी माविको नतिजा शुन्य थियो । तर यसपटक यँहाका सबै विद्यालय शुन्य नतिजा आउन बाट जोगिएका छन् ।

नतिजा हेर्नको लागी यँहा क्लिक गर्नुहोला !

This is a developing story……

समाजवादीका चितवन जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश

रत्ननगर । नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष कमलबहादुर घिमिरे नेकपा एमालेले प्रवेश गरेका छन् ।

नेकपा एमाले रत्ननगर वडा नं १० वडा कमिटीकाे अधिवेशनमा घिमिरे एमालेमा प्रवेश गरेका हुन । घिमिरेलाई एमालेका केन्द्रय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया र केन्द्रीय सदस्य शिवकुमारी गाेतामे, जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले पार्टीमा स्वागत गरेका थिए ।

रत्नगर नगरपालिका वडा नं १० निवासी घिमिरे पार्टी विभाजन हुनुपूर्व एमालेका वडा कमिटी अध्यक्ष थिए ।

पार्टी विभाजनपछि एकीकृत समाजबादीमा लागेका घिमिरे साे पार्टी भविश्य नदेखेपछि पुरानै घरमा फर्किएकाे बताए ।

घिमिरे रत्ननगरका पुराना तथा प्रभावशाली नेताकाे रुपमा परिचित छन् । अधिवेशनले काशिनाथ शर्माकाे अध्यक्षतामा नयाँ कमिटी गठन गरेकाे छ ।

कमिटीका उपाध्यक्षमा छन्नुराम चौधरी, सचिबमा उमेश केसी, सह-सचिबहरूमा लक्ष्मीधर शर्मा हिमाल, उषा राना र सदस्यहरुमा पिताम्बर लामिछाने, पुरुषोत्तम बस्याल, दिवा लामिछाने, दयाराम खनाल, जीबनाथ सिंखडा, संगीता आचार्य शर्मा, मायाँ नेपाली, माया सुनार, गीता कार्की, बिष्णु शर्मा, टंक पराजुली, कृष्ण आचार्य, तुलसीराम पौडेल, प्रेम प्रकाश शर्मा, पसुपति महतो चयन भएका छन् ।

वडा कमिटीकाे सल्लाहकार परिषदमा एक बहादुर जिसी, हरिप्रसाद पौडेल, लाल बहादुर जिसी, निलकण्ठ आचार्य, केशब लामिछाने, बिष्णु गौतम, कमल बहादुर घिमिरे, प्रेम नेपाली, मीना श्रेष्ठ, देबप्रसाद पौडेल, चूडामणि पौडेल, मणिराज घिमिरे चयन भएकाे नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

मध्यरातमा मदिरा पिएर होहल्ला गर्ने गायक राजेश पायल राईसहित ८ जना पक्राउ

काठमाडौंको अनामनगरबाट मध्यरात गायक राजेश पायल राईसहित ८ जना पक्राउ

काठमाडौं । गायक राजेशपायल राईसहित ८ जना पक्राउ परेका छन् । गएराति २ बजेतिर काठमाडौंको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका हुन् ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गायक राईलाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

रत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजबादी परित्याग गरी १९ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले रत्ननगर वडा नं ९ वडा कमिटीले बुधबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा समाजबादीका नगर सचिवालय सदस्य मनबहादुर थापामगर सहित सो वडाका १९ जना एमालेमा प्रवेश गरेको एमालेका नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

पूर्व जनप्रतिनिधि समेत रहेका थापामगरको नेतृत्वमा रामसिंह चौधरी, गायत्री विक, भीम बहादुर थापामगर, सरस्वती बुढाथोकी, टंक प्रसाद सुवेदी, जनबहादुर दराई, रमेश कुमाल, सिताराम महतो(पुसना),नारायण पराजुली, सीता दराई, अंजु पराजुली, मणिराम महतो, आइतराम कुमाल, सुयोग लामिछाने, मनिष लामा,प्रकास कुमाल, शान्तिचौधरी, शुष्मा श्रेष्ठ लगायत १९ जना एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जेएन थपलियाले पार्टीमा स्वागत गरेका हुन ।

वडा कमिटी अध्यक्ष लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेता सुर्यशर्मा लामिछानेले प्रशिक्षण दिएका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जेएन थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु कुलप्रसाद लामिछाने, राजाराम रेग्मी, लक्ष्मी कोइराला, जिल्ला सदस्यहरु प्रेमनाथ दुवाडी, केशब आचार्य, पार्वती न्यौपाने, प्रताप डल्लाकोटी, नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरी, सो वडाका जनप्रतिनिधिहरु कमानसिंह चौधरी, शुष्मा खड्काथोकी, नेताहरु बलराम बगाले, मदन घिमिरे, बसन्त ढुंगाना,बसन्त अम्गाई, विबेक अम्गाई, अमित आचार्य लगायतको सहभागिता रहेको थियो ।

पुर्विचितवन बाट यात्रु बोकेर गएका गाडी अब नारायणगढ सम्मै जान पाउने

चितवन पुर्विचितवन बाट यात्रु बोकेर नारायणगढ जाने सवारीसाधन अब नारायणगढ सम्मै जान पाउने भएका छन् । भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्तअनुसार राजमार्ग क्षेत्रमा सवारी चलाउन पाइने निर्णय भएको हो ।

जसअनुसार चौबीसकोठी, पुलचोक, नारायणगढ बसपार्क हुँदै आँपटारी बाइपासबाट केन्द्रीय बसपार्कमा पार्किङ गरी फर्कने व्यवस्था मिलाउने निर्णय गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । यसअघि पूर्वी चितवन र पश्चिम चितवनबाट आउने सवारीसाधनलाई चौविसकोठी सम्म मात्र आउन दिने व्यवस्था गरिएको थियो ।

नारायणगढ बजारमा ट्राफिक जाम र सडक निर्माण भइरहेका कारण यस्तो नियम लागू गरिएको थियो । अब सडक विस्तार सम्पन्न हुने चरणमा रहेकाले नियम परिवर्तन गरिएको महानगरपालिकाले जनाएको छ ।