Home Blog Page 96

रत्ननगर महोत्सव : मकै एक परिकार र प्रयाेग अनेक

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ ।

पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेहका संयाेजक शंकर गिरीले जानकारी दिए ।

महाेत्सवमा मकैकाे उत्पादनलाई जाेड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएकाे छ । मकै एक परिकार र प्रयाेग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेट देखि अन्य सामाग्रीकाे प्रयाेगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयाेजक हरि अधिकारीले जानकारी दिए ।

मकै बालीकाे संरक्षण र प्रवर्द्धनकाे लागि महाेत्सव स्थलमा मकै वाली स्थापना तथा मकैकाे स्टाचु निर्माण गरिएकाे छ । महाेत्सवमा रामपुर मकैबाली अनुसनधान केन्द्रबाट २० प्रजातीका मकैकाे वारेमा जानकारी गराइने छ ।

महाेत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउकाे टनेल र माछा पाेखरी निर्माण गरिने कृषि संयाेजक अधिकारीले जानकारी दिए ।

रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ ।

महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए ।

विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

खैरहनीमा थारू संस्कृति जोगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन

रत्ननगर । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी–५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महोत्सव सञ्चालन हुने छ ।

आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

माघी पर्वको अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए ।

प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ ।

आदिमकालदेखि आदिवासी थारु समुदायको बसोबास रहेको चितवन जिल्लाकै पहिलो खिचरा महोत्सले आफ्नै विशेषता र महत्व रहेको संयोजक चौधरीले बताए ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान“ भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको नवौ खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि २०१ सदस्यीय खिचरा महोत्सव मुलआयोजक र १५ वटा विभिन्न विषयगत समितिहरु गठन गरिएका छन् ।

खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवर्द्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको छ । यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेको संयोजक रामेश्वर चौधरीले बताए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीयकला संस्कृक्तिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन गराउन १५० बटा स्टल रहने छ ।

होटल स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकार तथा शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् ।

महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहनेछ । महोत्सबकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

विगतवर्ष झै यसवर्ष पनि महोत्सबमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु ५० र विद्यार्थीका लागि परिचयपत्रको माघारमा रु.३० कायम गरिएको थारू कल्याणकारिणी सभाकी केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले जानकारी दिइन् ।

जेष्ठ नागरिक र अपाङगहरुलाई पनि सहुलियत दरको टिकट कायम गरिएको छ भने टिकटघरमा हुने बत्यधिक भिडभाड नियन्त्रणका लागि डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ ।

साँस्कृतिक कार्यक्रम तर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच जस्ता साँस्कृतिक नाचगीतहरुको बेजोड प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा खिचरा डान्स नाइडल रहनेछ ।

विगत वर्ष भौ यसवर्ष पनि महोत्सवबाट विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ । पूर्वी चितवन तरकारी खेतीको मुख्य केन्द्रविन्दु रहेको हुँदा हरेक वर्षझै कृषकहरुलाई नगदसहित सम्मान गरिनेछ ।

समापन कार्यक्रममा आदिबासी जनजातिका सवालहरुमा क्रियाशिल रहेका चितवनका पत्रकारहरु मध्ये एकजनालाई नगदसहित सम्मान गरिनेछ ।

महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ ।

महोत्सवको सह–आयोजकको रुपमा उद्योग वाणिज्य संघ खैरहनी तथा सहयोगी संस्थाको रुपमा खैरहनी चेम्बर अफ कमर्श, नेपाल विद्युत् प्राधिकरण टाँडी शाखा, पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था एवम् थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देखि १० सम्म रहेको छ ।

महोत्सवका समुदघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडाध्यक्षहरु छत्रनाथ सुवेदी, मनेजर चौधरी, बन्धुराम महतो, कार्यबहाक वडाध्यक्ष सुरेन्द्र चौधरी,थाकसका केन्द्रीय पार्षद कृष्णलाल चौधरी, थाकस क्षेत्र नं ७ का संस्थापक अध्यक्ष नारायण महतो लगायतको उपस्थिति रहेको थियो ।

सर्लाहीमा झडप : एक जनाको मृत्यु, केही घाइते

सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको छ। अन्य केही व्यक्ति घाइते भएका छन् ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेकाे छ ।

रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवकाे स्टल निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनकाे काम अन्तिम चरणमा पुगेकाे संघका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयाेजक शंकर गिरीले जानकारी दिए ।

महाेत्सवकाे समग्र व्यवस्थापनकाे काम करिब ९० प्रतिशत सकिएकाे उनले जानकारी दिए । महाेत्सवकाे प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ । चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा सावित हुँदै आएको छ ।

महोत्सवमा कृषि उत्पादनलाई जोड दिइएकाे संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए । महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए ।

महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकनकाे व्यवस्था मिलाईएकाे छ ।

विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गते सम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।

सुवेदीलाई नेपाल मावीबाट सरुवा गर्ने रत्ननगरको निर्णय अदालतद्वारा खारेज

रत्ननगर, पौष १९- उच्च अदालत हेटौडाले नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्धिराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको छ ।

अदालतले विहीबार सुवेदीको पक्षमा निर्णय गर्दै सुवेदीलाई नेपाल मावीमै प्रधानाध्यापकका रुपमा कार्य गर्न दिन रत्ननगर नगरपालिकालाई आदेश दिएको छ ।

नेपाल मावीमा प्रधानाध्यापक पदमा कार्यरत निवेदक बुद्धिराज सुवेदीलाइ अर्को विद्यालय मोहना मावि मा सरुवा गर्ने प्रयोजनका लागि गरिएको भदौ ६ गतेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन समितिको निर्णय भदौ १३ गतेको कामकाजमा खटाइएको भन्ने रत्ननगर नगरपालिकाको शिक्षा समितिको निर्णय कानून बमोजिमको नदेखिंदा उक्त निर्णयहरु निवेदक बुद्धिराज सुवेदीका हकमा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ आदेशमा लेखिएको छ ।

अव रत्ननगर नगरपालिकाले उच्च अदालतको आदेश मानेर सुवेदीको सरुवाको निर्णय खारेद गर्दै सुवेदीलाई नेपाल मावीमा प्रधानाध्यापकका रुपमा कार्य गर्न दिनु पर्नेछ ।

नगरपालिकालाई उच्च अदालतको निर्णय उपयुक्त नलागेमा सर्वोच्चमा निवेदन दिने विकल्प भने हुनेछ ।

मेट्स चितवनमा न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थी बढ्दो।

पौष १९, चितवन । उच्च शिक्षा अध्ययनका लागि बिदेश जान चाहने बिध्यार्थीहरुलाई लक्ष्यित गरि शहीदचोक नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेजले आयरल्याण्ड र न्युजिल्याण्ड थप दुई वटा देशहरुका कलेज तथा युनिभर्सिटीहरुसङ्ग सहकार्य गर्न सुरु गरे सङगै न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थीहरुको सङ्ख्या बढन थालेको छ ।

आयरल्याण्डमा ग्राजुएट गर्न जान चाहने बिध्यार्थीहरुले प्लस टु मा कम्तिमा ६०% अङ्क ल्याएको हुनु पर्नेछ भने आइएलटिएसमा हरेक सेक्सनमा कम्तिमा ५.५ र ओभर अल ६ अङ्क प्राप्त गर्नु पर्ने हुन्छ, त्यसै गरि पिटिईमा हरेक सेक्सनमा कम्तिमा ५१ र ओभर अल ५८ अङ्क प्राप्त गरेको हुनुपर्छ ।

त्यसै गरि पोष्ट ग्राजुएट गर्न जाने बिध्यार्थीहरुले आइएलटिएसमा हरेक सेक्सनमा ६ र ओभर अल ६.५ ल्याउनु पर्नेछ भने पिटिईमा हरेक सेक्सनमा ५८ र ओभर अल ६० अङ्कसम्म ल्याए पुग्छ। न्युजिल्याण्डका लागि भने प्लस टु पास गरेका बिध्यार्थीहरुले न्युनतम २.५ जिपिए ल्याएको हुनुपर्छ भने आइएलटिएसमा ५.५ ल्याउनु पर्दछ ।

त्यसैगरि मास्टर्स अध्ययनका लागि सामान्यतया हरेक सेक्सनमा ६ र ओभर अल ६.५ अङ्क ल्याउनु पर्नेछ । साथै न्युजिल्याण्ड र आयरल्याण्डका कलेज तथा युनिभर्सिटी अनुसार फाइनान्सियल डकुमेन्ट्स भने पुरा गरेको हुनुपर्नेछ ।

पछिल्लो समयमा अष्ट्रेलियन सरकारले फाइनान्सियल डकुमेन्ट्सका लागि थप कडाइ गर्न थालेपछि बिध्यार्थीहरुमा उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड र आयरल्याण्ड जाने रुचि बढन थालेको छ।

स्थापनाकाल देखि नै बिध्यार्थी, अभिभावकहरुको मुख्य रोजाई बन्दै आइरहेको मेट्स इन्टरनेशनल नारायणगढ शाखाले युके, अष्ट्रेलिया, क्यानडा, युएसए लगायतका मुलुकमा रहेका शैक्षिक सस्थाहरुसङ्ग सहकार्य गर्दै बिध्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बिध्यार्थीहरुको मागलाई मध्यनजर गर्दै पछिल्लो समयमा न्युजिल्याण्ड र आयरल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिध्यार्थीहरुका सङ्ख्या तीब्ररुपमा बृद्धि भएको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी गराउनु भयो ।

मेट्स नेपाल लगायत भारत, अष्ट्रेलिया, लाओस, फिजि, फिलिपिन्स आदि देशहरुमा पनि बिध्यार्थीहरुलाई सेवा दिदै आइरहेको छ भने नेपालका मुख्य स्थानहरु काठमाडौं, चितवन, पोखरा, बुटवल, कपिलबस्तुमा पनि आफ्ना शाखाहरु सन्चालित छन ।

राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण

खैरहनी, पौष १९ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं २ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिहीबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरि म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज पर्सा शाखाले ८६ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो ।

आर्थिक अभावका कारण जाडोको समयमा न्यानो कपडा लगाउनबाट वञ्चित रहेका विद्यार्थिहरुको समस्यालाई मध्यनजर गर्दै कपडा वितरण गरिएको म्याक्सी म्याक्स पर्सा शाखाका प्रमुख आकाश ढुङ्‌गानाले जानकारी दिए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर दाहाल, विद्यालयका प्रधानाध्यापक खिलनाथ न्यौपाने, रत्ननगर वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष केशब आचार्य, म्याक्सी म्याक्समा संरक्षक कमलादेवी धरेल, दण्डपाणी धरेल, राम गौतम, समाजसेवी केशव रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयका शिक्षक तिलकनाथ घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रम रामेश्वर रिजालले संचालन गरेका थिए ।

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

फारम भर्न यँहा क्लिक गर्नुहोला। 

बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा मन्त्री ज्वालाको कुनै गल्ती छैन – माधव नेपाल

काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् ।

आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । ‘उहाँ (ज्वाला) सरकारी कामकाजको सिलसिलामा निस्किनु भएको हो। घटनामा उहाँ दोषी हुनुहुन्न,’– अध्यक्ष नेपालले भने ।

बालकुमारीमा पार्टी बैठक केन्दीय कमिटीको बैठकमा सहभागी भएर फर्किने क्रममा उनको गाडीमा प्रदर्शनकारीहरुले आगजानी गरेका थिए ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् ।

मन्त्री ज्वालाले सुरक्षा संवेदनशीलतालाई ख्याल नगरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । समितिमा उपस्थित सांसदहरुले उनको राजीनामा समेत माग गरेका छन् । तर, अध्यक्ष नेपाल भने आफ्नो पार्टीका मन्त्री ज्वालाको बचाउमा उत्रिएका छन् ।

बालकुमारी घटना: शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन

काठमाडौं- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललतिपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो।

आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

उनले घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने बताइन्।

उनले आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्नेगरी आयोगले आजैबाट काम थाल्ने पनि बताइन्।

प्रवक्ता शर्माले आयोगलाई एक महिनाको कार्यादेश दिइएको आयोगको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्ने पनि बताइन्।