घडियाल गोही प्रजनन्‌मा शत प्रतिशत सफलता

चितवन- अति संकटापन्न अवस्थामा रहेको घडियाल गोही प्रजनन्‌मा शत प्रतिशत सफलता मिलेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल प्रजनन् केन्द्रले २०७९ र ०८० को बैशाखदेखि राप्ती नदीको छितामाईदेखि सौरहाघाटसम्मको ८ वटा गुड बाट २ सय ४२ वटा संकलन गरेको थियो ।

गुँड नम्बर २ को ३७ वटा अण्डा मध्ये २० वटा अण्डा प्रजनन्‌को लागि राखिएकोमा २० वटा अण्डाबाट घडियाल गोही बच्चा निस्किएको निकुञ्जले जनाएको छ । प्राकृतिक बासस्थानमा घडियाल गोही सख्या घढ्दै जान थालेपछि २०३५ सालदेखि घडियाल प्रजनन् केन्द्रले प्राकृतिक बासस्थानमा रहेको घडियाल गोही अण्डा संकलन गरेर प्रजनन् केन्द्रले प्रजनन् गर्दै आएको छ ।

घडियाल गोही प्रजनन्‌को समयमा ३२ डीग्री सेल्सियस तापक्रम रहेको खण्डमा भाले बच्चा निस्कने र सो भन्दा तल माथी भएको खण्डमा पोथी बच्चा निस्कने गर्दछ । सोही कारणले गर्दा भाले बच्चा उत्पादनमा निकै कम हुने गरेको प्रजनन् केन्द्रले जनाएको छ । प्रजनन् केन्द्रले १ दशमलब ५ मिटर लम्बाई भएपछि बिभिन्न नदीहरुमा लगेर छाड्ने गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/28166

Previous articleबजेट माथिको छलफल सम्पन्न, सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर महतले आज दिनुहुने
Next articleजेठको अन्त्यतिर पूर्वबाट मनसुन भित्रने तयारीः यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने प्रक्षेपण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।