चितवन- अति संकटापन्न अवस्थामा रहेको घडियाल गोही प्रजनन्मा शत प्रतिशत सफलता मिलेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल प्रजनन् केन्द्रले २०७९ र ०८० को बैशाखदेखि राप्ती नदीको छितामाईदेखि सौरहाघाटसम्मको ८ वटा गुड बाट २ सय ४२ वटा संकलन गरेको थियो ।
गुँड नम्बर २ को ३७ वटा अण्डा मध्ये २० वटा अण्डा प्रजनन्को लागि राखिएकोमा २० वटा अण्डाबाट घडियाल गोही बच्चा निस्किएको निकुञ्जले जनाएको छ । प्राकृतिक बासस्थानमा घडियाल गोही सख्या घढ्दै जान थालेपछि २०३५ सालदेखि घडियाल प्रजनन् केन्द्रले प्राकृतिक बासस्थानमा रहेको घडियाल गोही अण्डा संकलन गरेर प्रजनन् केन्द्रले प्रजनन् गर्दै आएको छ ।

घडियाल गोही प्रजनन्को समयमा ३२ डीग्री सेल्सियस तापक्रम रहेको खण्डमा भाले बच्चा निस्कने र सो भन्दा तल माथी भएको खण्डमा पोथी बच्चा निस्कने गर्दछ । सोही कारणले गर्दा भाले बच्चा उत्पादनमा निकै कम हुने गरेको प्रजनन् केन्द्रले जनाएको छ । प्रजनन् केन्द्रले १ दशमलब ५ मिटर लम्बाई भएपछि बिभिन्न नदीहरुमा लगेर छाड्ने गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/28166


